दशै अघि ड्राइभिङ लाइसेन्सको आवेदन नखुल्ने, ६ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी
काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र...
काठमाडौं - सवारी चालक अनुमति पत्रको छपाइमा तीव्रतासँगै पछिल्लो करिव आठ महिनाको अवधिमा मात्र २४ लाख थान लाइसेन्स छापिएका छन् । यातायात व्यवस्था विभागले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रसँग दुई चरणमा गरी २९ लाख थान सवारी लाइसेन्स छपाइ गर्ने सहमति गरी काम अघि बढाएको थियो । यस अनुसार हाल सम्म २४ लाख थान लाइसेन्स प्रिन्ट भइसकेका छन् ।
सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागसँगको सहमति अनुसार हालसम्म केन्द्रबाट २३ लाख ८९ हजार ४३१ थान सवारी लाइसेन्स छपाइको काम सम्पन्न भएको छ । अब एक लाख ७४ हजार १६८ थान छपाइको प्रक्रियामा रहेको छ । उनका अनुसार विभागसँग भएको सम्झौताबमोजिम तीन लाख ३६ हजार ४०१ थान लाइसेन्स छपाइको काम बाँकी रहेको छ ।
विभाग र केन्द्रबिच गत कात्तिकमा २०५३ वैशाख १२ गतेभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सहमति गरेर छपाइको काम अघि बढाइएको थियो। पहिलो चरणको १२ लाख सम्झौतामध्ये केन्द्रबाट अत्यावश्यक ३७ हजार ६९५ थान, ब्याकलग प्रिन्ट ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २२७ थान लाइसेन्स छपाइ गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको थियो ।
यस्तै विभाग र केन्द्रबिच गत वैशाख ४ गते दोस्रो सम्झौता भई असार ३२ गतेभित्र थप १७ लाख थान सवारी लाइसेन्स हस्तान्तरण गर्ने सहमति गरी छपाइको काम अघि बढाइएको थियो ।
दोस्रो चरणको १७ लाखमध्ये हालसम्म ११ लाख ८९ हजार ४३१ थान लाइसेन्स छपाइको काम सकिएको छ । दोस्रो चरणमा सम्झौता भएबमोजिम हालसम्म अत्यावश्यक चार हजार ६३२ थान र ब्याकलग नौ लाख ५३ हजार ४५० थान रहेको छ । यस्तै दैनिक प्रिन्ट अन्तर्गत हालसम्म दुई लाख एक हजार ३४९ थान र ब्याकलग अन्तर्गतको एक लाख ७४ हजार १६८ थान छपाइको प्रक्रियामा रहेको छ ।
विभागसँग भएको सम्झौताबमोजिम यस महिनाको अन्त्यसम्ममा दोस्रो चरणको लाइसेन्स छपाइ सम्पन्न गरी हस्तान्तरण गरिने छ । केन्द्रमा हाल दैनिक ४० हजार थान लाइसेन्स छपाइ हुँदै आएको बताइएको छ ।
पछिल्लो समयमा सामान्यतः माग भएको अवस्थामा २४ घण्टाभित्रै लाइसेन्स छापिएर आउने गरेको छ । अत्यावश्यक लाइसेन्सको अवस्था पनि त्यस्तै छ । अब साउन देखि ग्राहकलाई माग भएको अवस्थामा घरैमा लाइसेन्स पु-याउने व्यवस्था समेत सरकारले गर्ने भएको छ ।
वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले १३ चैतमा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स छपाइ गरेर हुलाकमार्फत घरघर पुर्याउने उल्लेख गरेको छ । त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने उल्लेख छ । अहिले त्यहीअनुसार नै काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
अहिले सबै यातायात व्यवस्था कार्यालय प्रदेश सरकारअन्तर्गत छन् । यातायात व्यवस्था विभाग मात्र संघ सरकारमातहत छ । अहिलेसम्म लाइसेन्स छपाइ सुविधा यातायात व्यवस्था कार्यालय र प्रदेश मन्त्रालयअन्तर्गत नभएकाले विभागले समन्वय गर्दै आएको छ । लाइसेन्स छपाइ गर्ने मेसिन विभागसँग मात्र थियो । गत २४ भदौको प्रदर्शनका क्रममा मीनभवनमा रहेको विभागको कार्यालयमा आगजनी भएपछि लाइसेन्स छपाइ गर्ने मेसिन जल्यो, जसले गर्दा अहिले विभागसँग छपाइ मेसिन छैन ।
विभागको प्रस्ताव प्रत्येक यातायात व्यवस्था कार्यालयलाई मेसिन उपलब्ध गराउनुपर्छ । नभए प्रदेश मन्त्रालयलाई उपलब्ध गराएर लाइसेन्स छपाइको व्यवस्था गर्नुपर्छ । त्यसपछि लाइसेन्सको समस्या समाधान हुँदै जाने दाबी विभागको छ । अहिलेसम्म यो काम हुन नसक्दा सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाइको काम भइरहेको छ ।
काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र...
काठमाडौं – यातायात व्यवस्था विभागले लाइसेन्स लिन चाहनेहरुका लागि तीन...
काठमाडौं – यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...