पुष ५ देखी ‘एमजी विन्टर कार्निभल’ हुँदै, एक्सचेन्ज र टेष्ट ड्राइभसहित विभिन्न कार्यक्रम हुने
काठमाढौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
काठमाडौँ — एमजीले आफ्नो बहुप्रतीक्षित फास्टब्याक लिफ्टब्याक कार एमजी ०७ को भित्री डिजाइन (इन्टेरियर) र प्राविधिक विशेषताहरू आधिकारिक रूपमा सार्वजनिक गरेको छ । आगामी जुलाई २९ मा सुरु हुने प्रिसेल अगावै कम्पनीले यसका मुख्य एआई फिचर र रेन्ज बाहिर ल्याएको हो ।
यो नयाँ मोडलले प्रविधि र विलासिताको मामलामा लक्जरी गाडीको बजारलाई कडा टक्कर दिने अनुमान गरिएको छ । सडकमा बलियो उपस्थिति र स्पोर्टी लुक्स दिने गरी डिजाइन गरिएको यो कारको लम्बाई ४८८६ मिमी, चौडाई १९०० मिमी र उचाई १४८५ मिमी तथा ह्विलबेश २८२५ मिमी छ ।
एमजी ०७ को केबिनलाई प्रविधिमैत्री र यात्रालाई आरामदायी बनाउन कम्पनीले निकै मेहनत गरेको देखिन्छ । केबिनको केन्द्रमा १५.६ इन्चको २.५ के मुख्य डिस्प्ले छ, जसलाई चलाउन शक्तिशाली क्वालकम स्न्यापड्रगन ८२९५पी प्रोसेसर प्रयोग गरिएको छ ।
कारभित्र जडान गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई मोड्युलले केबिनको आद्र्रता र तापक्रम मापन गरी मुख्य सिटको सेटिङलाई आफैँ एड्जस्ट गर्छ ।
त्यसैगरी, अगाडिको यात्रु सिट जिरो ग्रयाभिटी प्रविधिमा आधारित छ भने केबिनमा २१ वटा स्पिकरसहितको अडियो प्रणाली राखिएको छ, जसले हलको जस्तै ध्वनिको अनुभूति गराउँछ । यस कारमा ६९७ लिटरको ठुलो इलेक्ट्रिक रियर टेलगेट डिब्बाका साथै गाडीभित्रै ३० लिटरको डुअल–तापमान रेफ्रिजरेटर समेत उपलब्ध छ ।
पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड दुवै संस्करणमा उपलब्ध हुने जनाइएको छ । ८०० भोल्ट उच्च–भोल्टेज प्लेटफर्ममा तयार हुने यसको ईभी संस्करणले ५सी फास्ट चार्जिङ सपोर्ट गर्छ । सीएलटीसी मापदण्ड अनुसार यसले एक पटकको फुल चार्जमा ८४० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । कारले मात्र ५ सेकेन्डभन्दा कम समयमा ० देखि १०० किमी÷घन्टाको गति लिन सक्छ ।
कारमा इलेक्ट्रोम्याग्नेटिक सस्पेन्सन प्रणाली जडान गरिएको छ, जसले एआईको साहयतामा १५ देखि १५० मिटर अगाडिको सडक स्क्यान गर्छ र खाल्डाखुल्डी अनुसार प्रतिसेकेन्ड २०० पटकसम्म स्वतः सस्पेन्सन समायोजन गर्छ ।
कम्पनीले यो गाडीको मुल्य ३ लाख युआन (लगभग ४४,१९० अमेरिकी डलर) हाराहारी निर्धारण गर्ने अनुमान गरिएको छ ।
काठमाढौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
चिनियाँ अटो निर्माता एमजी युरोप र बेलायतमा १० लाखभन्दा बढी सवारी साधन...
एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...