यी हुन् जुन महिनामा भारतमा सर्बाधिक बिक्री भएका एसयूभी, शीर्ष १० मा टाटाको दबदबा

भारतीय अटोमोबाइल बजारमा एसयूभीको आकर्षण झन् बढ्दै गएको छ। जुन महिना सर्वाधिक बिक्री हुने एसयूभीको तथ्याङ्क पनि सार्वजनिक भइसकेको छ। गत महिना टाटा मोटर्सका दुई एसयूभी शीर्ष दुई स्थानमा पर्न सफल भएका छन् ।

जुन महिनाको एसयूभी बिक्रीमा मारुती सुजुकी, महिन्द्रा, हुन्डाई र किया जस्ता कम्पनीले पनि टाटा मोटर्सलाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । सूचीमा महिन्द्राको स्कोर्पियो, एक्सयूभी थ्रीएक्सओ र एक्सयूभी सेभेनएक्सओ पनि समावेश भएको छ ।

जुन २०२६ मा टाटा पन्च २१ हजार ६ युनिट बिक्रीसहित भारतको सर्वाधिक बिक्री हुने एसयूभी बनेको छ। त्यसपछि टाटा नेक्सन १८ हजार ३३५ युनिट बिक्री गर्दै दोस्रो स्थानमा रहेको छ। यी दुई मोडलको सफलताले भारतीय बजारमा टाटा मोटर्सको बलियो उपस्थिति स्पष्ट बनाएको छ।

सोही महिना महिन्द्रा स्कोर्पियो १४ हजार ९७ युनिट बिक्रीसहित तेस्रो स्थानमा रह्यो। त्यसपछि मारुती सुजुकी फ्रन्क्स १३ हजार १३५ युनिट बिक्री गर्दै चौथो स्थानमा रह्यो। हुन्डाई भेन्युले १० हजार ७७६ युनिट बिक्री गर्दै पाँचौं स्थान सुरक्षित गरेको छ भने महिन्द्रा एक्सयूभी थ्री एक्स ओ १० हजार ६३ युनिट बिक्रीसहित छैटौं स्थानमा रह्यो।

त्यसैगरी, मारुती सुजुकी ग्रान्ड भिटाराले १० हजार ३५ युनिट बिक्री गर्दै सातौं स्थान ओगटेको छ। मारुती सुजुकी ब्रेजा ९ हजार ९३९ युनिट बिक्रीसहित आठौं स्थानमा रहँदा किया सेल्टोस ९ हजार ६५४ युनिट बिक्री गर्दै नवौं स्थानमा परेको छ। महिन्द्रा एक्सयूभी सेभेन एक्सओ ९ हजार २४४ युनिट बिक्रीसहित शीर्ष १० को दशौं स्थानमा रहेको छ।

सम्बन्धित समाचारहरू

जुलाई १ देखि महंगो बन्दै टाटा कार, नेपाली बजारमा समेत प्रभाव पर्ने

जुलाई १ देखि महंगो बन्दै टाटा कार, नेपाली बजारमा समेत प्रभाव पर्ने

टाटा मोटर्सले आगामी जुलाई १ देखि लागू हुने गरी आफ्नो सवारी साधनको लाइनअपमा...

अपडेट भएर आयो टाटा पन्च ईभी, १५ मिनेट चार्ज गर्दा ९० किलोमिटर रेन्ज पाइने

अपडेट भएर आयो टाटा पन्च ईभी, १५ मिनेट चार्ज गर्दा ९० किलोमिटर रेन्ज पाइने

टाटा मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीलाई अपडेट गरेकोे छ...

सफारी, ह्यारियर र नेक्सनको टप भेरियन्टमा फिचर्स थप गरेर टाटाले ल्यायो जेट एडिसन

सफारी, ह्यारियर र नेक्सनको टप भेरियन्टमा फिचर्स थप गरेर टाटाले ल्यायो जेट एडिसन

टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...