मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा
नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...
जापानी कम्पनी कावासाकी हेभी इन्डस्ट्रिजले ‘ओ’कुभोइड नामक सानो हाइड्रोजन पावर युनिट विकास गरिरहेको छ। हाइड्रोजन इन्जिनद्वारा जेनेरेटर चलाएर विद्युत् उत्पादन गर्ने यो प्रणालीलाई ब्याट्रीसरह प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। करिब एक मिटर वर्ग आकारको यस युनिटले करिब ३५ किलोवाटसम्म विद्युत् उत्पादन गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार यो प्रविधि साना सवारीसाधनदेखि ठूलो आकारका चारपांग्रे सवारी, रेल तथा बाहिरी गतिविधिमा प्रयोग हुने उपकरणसम्म विस्तार गर्न सकिनेछ। आवश्यकताअनुसार एउटै सवारीमा धेरै युनिट जडान गरेर विद्युत् क्षमता बढाउन सकिने व्यवस्था हुनेछ।
विश्वभर इलेक्ट्रिक सवारीको प्रयोग बढिरहेको र इन्धनबाट चल्ने सवारी साधन अर्थात आईस सवारी साधनको विकल्पको रुपमा ईभीको प्रयोग बढिरहेको सन्दर्भमा हाइड्रोजन इन्धन भविष्यमा नयाँ विकल्प बन्न सक्ने देखिएको छ । यसै सन्दर्भमा कावासाकीको सो इन्जिन एउटा उपयुक्त विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।
कावासाकीले आफ्ना मोटरसाइकल प्रविधिको प्रयोग गर्दै हाइड्रोजन इन्जिन विकास गरेको हो। हाइड्रोजनलाई प्रभावकारी रूपमा कम्प्रेस र दहन गराउन स्पोर्ट्स मोटरसाइकलमा प्रयोग हुने सुपरचार्जरसमेत जडान गरिएको छ। कम्पनीले सन् २०३५ सम्म विकास गर्ने लक्ष्य राखेको चार खुट्टे रोबोट कोर्लियोमा पनि यही इन्जिन प्रयोग गर्ने योजना बनाएको छ।
विश्वभर वातावरणमैत्री ऊर्जाको माग बढ्दै जाँदा जापान सरकारले सन् २०५० सम्म हाइड्रोजनको आपूर्ति हालको तुलनामा करिब १० गुणा बढाएर २ करोड मेट्रिक टन पु¥याउने लक्ष्य लिएको छ। हाइड्रोजनबाट चल्ने उपकरणको प्रयोग बढेमा ठूलो परिमाणमा उत्पादन हुने भएकाले यसको लागत पनि घट्ने अपेक्षा गरिएको छ।
हाइड्रोजन कम्बसन इन्जिनको प्रमुख विशेषता यसको कम उत्पादन लागत हो। इन्जिन मुख्यतः फलाम र आल्मुनियमबाट निर्माण हुने भएकाले प्लाटिनमजस्ता महँगा धातु प्रयोग हुने इन्धन सेलको तुलनामा निकै सस्तो पर्छ। साथै, यसको मर्मतसम्भार पनि विद्यमान मोटरसाइकल तथा अटोमोबाइल प्रविधिबाटै गर्न सकिन्छ।
हाल टोयोटा, मित्सुबिसी फुसो तथा टाटा मोटर्सजस्ता कम्पनीहरूले पनि हाइड्रोजन इन्जिनमा आधारित सवारीसाधन विकास गरिरहेका छन्। यद्यपि, हाइड्रोजन रिफिलिङ पूर्वाधारको कमी, हरित हाइड्रोजनको उच्च लागत तथा विद्युतीय सवारीको तीव्र विकासका कारण हाइड्रोजन प्रविधिको व्यापक विस्तार अझै चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन्।
नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...
काठमाडौं – काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी...
अटोमोबाइल उद्योगका लागि वर्ष २०२५ अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...