पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का गरिने

काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई लाखौं जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो । पेट्रोलपम्पका कारण बुधबार देशभर इन्धन बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्रीवितरण रोक्का गर्ने कानुनी प्रबन्ध गरेको हो ।

संशोधित विनियमावलीअनुसार पम्प बन्द गर्ने व्यवसायीलाई तीनदेखि १० लाख जरिवाना र पाँचदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का हुने उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

विक्रेता विनियमावलीको दफा २९ घ (१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने’ भन्ने वाक्य थप गरिएको छ ।

उक्त कसुरमा पहिलोपटकलाई तीन लाख जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रोपटकलाई छ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द तथा तेस्रोपटकमा १० लाख जरिवाना र १५ दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ ।

सम्बन्धित समाचारहरू

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण सम्पन्न, पाइप लाइनबाटै पेट्रोल आयात सुरु

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण सम्पन्न, पाइप लाइनबाटै पेट्रोल आयात सुरु

काठमाडौं – भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै...

काठमाडौंका पेट्रोल पम्पले डेढ महिना भित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौंका पेट्रोल पम्पले डेढ महिना भित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुलाई ४५...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

काठमाडौं–मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्य हालसम्मकै सर्बाधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...