नेपालमा अब नयाँ अपाचे आरटीआर १६० फोरभी, मूल्य ४ लाख २९ हजार रुपैयाँ

काठमाडौं - टीभीएसले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सीसी श्रेणीमा प्रोजेक्टर हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) सस्पेन्सन र ५ इन्चको टीएफटी डिस्प्ले क्लस्टरसहितको पहिलो मोटरसाइकल भएको दाबी गरेको छ ।

मोटरसाइकल सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो । सहभागीहरूका लागि विशेष राइडिङ सेसन र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो ।

नयाँ अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसी इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उपलब्ध हुन्छ । मोटरसाइकलमा पाँच–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड रहेका छन् ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै नयाँ मोडलले राइडरलाई अझ सुरक्षित, सहज र उत्कृष्ट राइडिङ अनुभव दिने बताए ।

नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ अपाचे आरटीआर १६० फोरभीमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी डिस्प्लेले राइडिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार मोटरसाइकल हाल नेपालका छनोट गरिएका डिलरशिपमा उपलब्ध छ भने आगामी जुलाईभित्र देशभर बिक्रीका लागि उपलब्ध गराइनेछ । म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रंगमा उपलब्ध मोटरसाइकलको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

सन् २०२३ मा आएका बढी माइलेजका साथ उत्कृष्ट फिचर भएका कम मूल्यका बाइक

सन् २०२३ मा आएका बढी माइलेजका साथ उत्कृष्ट फिचर भएका कम मूल्यका बाइक

सन् २०२३ मा धेरै बाइक बजारमा लन्च भए । तीमध्ये यस्ता धेरै बाइक छन्, जुन...

युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल विजेता बन्यो ओएमजी बाबाज, पायो ५० हजार नगद

युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल विजेता बन्यो ओएमजी बाबाज, पायो ५० हजार नगद

काठमाडौं – युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल टुर्नामेन्ट २०७९ को विजेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...