दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच छ ? माफ गर्नुहोला, तपाईको पालो आउँदैन
काठमाडौं – चाडपर्वको छेको पारेर दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच...
काठमाडौं – जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्स प्रालिले नेपालमा नयाँ विद्युतीय सवारी एमजी कम्युट ईभी सार्वजनिक गरेका छन् ।
कम्पनीले यसलाई ‘स्वर्णिम अवसर’ को अवधारणासहित नेपाली बजारमा ल्याएको जनाएको छ । शुरुवाती मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको यो १०० किलोवाट क्षमताको ठूलो क्रसओभर युटिलिटी भेइकल अर्थात सीयूभी परिवार, होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।
जीओ अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले हालको सन्दर्भमा नेपालका लागि स्वर्णिम अवसर भनेको कम्युट ईभी भएको बताउँदै बजेट संशोधनपछि यो अझ उपयुक्त विकल्प बनेको बताए । उनले भने, ‘यो कम मूल्यमा उपलब्ध शक्तिशाली र ठूलो गाडी हो, जसमा अनावश्यक सुविधा थपेर लागत बढाइएको छैन । आराम, पर्याप्त स्थान र समयलाई प्राथमिकता दिने ग्राहकका लागि यो उत्कृष्ट विकल्प हो ।’
उनका अनुसार गाडीमा पर्याप्त लगेज स्पेस र लेगरुम, आरामदायी सिट तथा सहज र किफायती स्पेयर पार्ट्स उपलब्ध गराइएको छ । एमजीको विद्युतीय प्लेटफर्ममा आधारित कम्युट ईभीले एकपटकको पूर्ण चार्जमा ३३२ किलोमिटरसम्म (एमआईडीसी प्रमाणित) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ ।
सवारीको भित्री संरचना यात्रु केन्द्रित बनाइएको छ । यसमा १३५ डिग्रीसम्म झुकाउन मिल्ने सिट, बहु–यात्रु यात्रालाई सहज बनाउने फ्ल्याट लेआउट तथा ६०४ लिटर क्षमताको फराकिलो लगेज स्पेस उपलब्ध छ । कम्पनीका अनुसार यो सवारी व्यक्तिगत प्रयोगभन्दा बढी होटल ट्रान्सफर, विमानस्थल पिकअप तथा कर्मचारी आवतजावतलाई लक्षित गरी विकास गरिएको हो ।
नेपालको आतिथ्य तथा पर्यटन क्षेत्र विस्तार भइरहेका बेला कम खर्च र यात्रुको सहजतालाई ध्यानमा राखेर यस्तो सवारीको माग बढिरहेको कम्पनीको भनाइ छ । एमजी कम्युट ईभीले यात्रुका लागि आरामदायी अनुभव र व्यवसायीका लागि शान्त तथा शून्य उत्सर्जनयुक्त विकल्प प्रदान गर्ने कम्पनीको जनाएको छ ।
प्रत्येक एमजी कम्युट ईभीसँग ३.३ किलोवाटको पोर्टेबल चार्जिङ केबल स्ट्यान्डर्ड रूपमा उपलब्ध हुनेछ । साथै गाडीमा अल–डिस्क ब्रेक, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल तथा स्पेयर टायरका लागि छुट्टै स्थान समेत समावेश गरिएको छ, जसले नेपालका विविध सडक तथा भौगोलिक अवस्थाका लागि यसलाई उपयुक्त बनाउने कम्पनीले जनाएको छ ।
कम्युट ईभी सार्वजनिकसँगै एमजी र जीओ अटोमोबाइल्सले व्यक्तिगत सवारीभन्दा बाहिर व्यवसायिक तथा संस्थागत विद्युतीय गतिशीलता क्षेत्रमा आफ्नो उपस्थिति थप विस्तार गरेको बताएका छन् ।
काठमाडौं – चाडपर्वको छेको पारेर दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच...
काठमाडौं– सीजी मोटर्सले नेपाली बजारमा नयाँ रिडारा आरडी६ इकोन ४X४...
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...