जेठ महिनामा भित्रिए २ हजार २४० ईभी, पहिले र अहिलेको ट्रेन्डमा के फरक ?

काठमाडौं – यो वर्षको जेठ महिनामा नेपालमा २ हजार २४० इलेक्ट्रिक कार अर्थात ईभी भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार २०८३ जेठ महिनामा सो संख्यामा ईभी भित्रिएका हुन् ।

यो भन्दा पहिले चालु आर्थिक वर्षमा गत बैशाख महिना सम्म नेपालमा १ हजार ४३४ ईभी अर्थात कार, जिप र भ्यान भित्रिएका थिए । जेठ महिना सम्म नेपालमा १० हजार ८४५ ईभी भित्रिएका छन् ।

सामान्यतः बैशाख र जेठ महिनामा नेपालमा धेरै ईभी भित्रिने गरेको रेकर्ड छ । यो भन्दा पहिले गत वर्ष अर्थात २०८२ जेठमा मात्र ३ हजार ६३३ ईभी भित्रिएका थिए भने बैशाखमा १ हजार ८९२ ईभी आयात भएका थिए । यो भन्दा अघिल्लो आर्थिक वर्षको समय अर्थात २०८१ जेठमा मात्र करिव ३ हजार हाराहारी अर्थात २ हजार ९६५ ईभी नेपाल भित्रिएका थिए । यस अनुसार उक्त आर्थिक वर्षमा नेपाल भित्रिएका ईभीमध्ये जेठ महिनामा मात्र २६ प्रतिशत ईभी भित्रिएका थिए । त्यसैगरी सोही वर्षको बैशाख महिनामा १ हजार ४०४ ईभी नेपाल भित्रिएका थिए । यस अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा कम ईभी भित्रिएका छन् ।

नेपाल भित्रिने ईभी मध्ये अधिकांश चीन र भारतबाट भित्रिने गरेका छन् १०० किलोवाट सम्मका धेरै भित्रिने गरेको पाइन्छ ।

चालु आर्थिक वर्षमा ईभी आयात घट्दा पेट्रोल कारमा भने वृद्धि देखिएको छ । ११ महिनाको अवधिमा ४ हजार ५७४ युनिट पेट्रोल कार आयात भएको छ ।

यो गत वर्ष सोही अवधिको तुलनामा २१.६२ प्रतिशत धेरै हो । गत वर्ष जेठसम्म कुल ३ हजार ७६१ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । यद्यपि, पछिल्लो समय इरान युद्धका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयात सुस्ताएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक

इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक

काइनेटिकले फेरि भारतीय बजारमा पुनरागमन गर्ने भएको छ । तर, यसपटक कम्पनीले...

१५ थान मोटरसाइकल पछि विद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक २० वटा इलेक्ट्रिक कार

१५ थान मोटरसाइकल पछि विद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक २० वटा इलेक्ट्रिक कार

विद्युत प्राधिकरणले अहिले धमाधम नयाँ इलेक्ट्रिक मोटरसाइकल र गाडी खरिद...

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

काठमाडौं –एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्सलाई आगामी दुई वर्षभित्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...