अपग्रेड भएर आयो पल्सर २२० एफ, आकर्षक अपग्रेडसँगै मूल्य पनि बढ्यो

बजाज अटोले आफ्नो लेजेन्ड्री र निकै लोकप्रिय मोटरसाइकल पल्सर २२० एफलाई लामो समयदेखि प्रतिक्षा गरिएको एउटा ठूलो फिचरका साथ बजारमा उतारेको छ । कम्पनीले यस बाइकमा अब नयाँ एलईडी हेडलाइट थपेको छ, जसले गर्दा यो क्लासिक बाइक प्रेमीहरूका लागि अझ बढी आकर्षक बनेको छ ।

यसअघि डिसेम्बर २०२५ मा बजाजले यो मोडलमा नयाँ ग्राफिक्स, एलईडी इन्डिकेटर र नयाँ कलर स्किमहरू सहितको अपडेट गरेको थियो ।

यो अपडेटको सबैभन्दा ठूलो परिवर्तन भनेकै यसको लाइटिङ सेटअप हो । बाइकमा रहेको पुरानो हेलोजन हेडलाइटलाई पूर्ण रूपमा हटाएर इन्टीग्रेटेड एलईडी डेटाइम रनिङ ल्याम्प्स (डीआरएलएस) सहितको नयाँ एलईडी हेडलाइट युनिट राखिएको छ ।

नयाँ लाइटिङ सिस्टमलाई पल्सर २२०एफको सदाबहार र परिचित ’सेमी–फेयर्ड’ फ्रन्ट एन्डभित्रै फिट गरिएको छ । बाइकको बाँकी बडीवर्क र यसको चर्चित ‘सिल्हूट’ लाई कम्पनीले कुनै परिवर्तन नगरी यथावत् राखेको छ ।

भरपर्दो र शक्तिशाली लुक्समा अपग्रेड गरिए पनि मेकानिकल रूपमा भने बाइकमा कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै २२० सीसी सिंगल–सिलिन्डर, आयल–कुल्डयुक्त शक्तिशाली र भरपर्दो इन्जिन प्रयोग गरिएको छ ।

नयाँ एलईडी अपग्रेडसँगै पल्सर २२०एफ को मूल्य समेत बढेको छ । अब यसको मूल्य १ लाख ३६ हजार भारु पुगेको छ । डिसेम्बरको अपडेटपछि यसको मूल्य १ लाख २८ हजार रुपैयाँ रहेकोमा अहिले यसमा ८ हजार भारु वृद्धि भएको हो ।

बजाजको पोर्टफोलियोमा सबैभन्दा पुरानो र सफल मध्येको एक पल्सर २२० एफले बजारमा नयाँ र आधुनिक बाइकहरूको तीव्र प्रतिस्पर्धाका बावजुद पनि आफ्ना ’कट्टर प्रशंसक’हरूको मन जितिरहेको छ ।

यसैबीच, बजाजले आफ्नो ‘क्लासिक पल्सर’ रेन्जलाई पूर्ण रूपमा रिफ्रेस गर्ने तयारी गरिरहेको छ । हालै मात्र अर्को पुस्ताको पल्सर १२५ भारतीय सडकहरूमा टेस्टिङको क्रममा देखिएको छ । यो नयाँ सिरिज पूर्ण रूपमा नयाँ प्लेटफर्म, परिमार्जित चेसिस र नयाँ सस्पेन्सन परिवर्तनका साथ आउने अपेक्षा गरिएको छ ।

पल्सर २२० एफ नेपाली बजारमा समेत बिक्री हुँदै आएको एक लोकप्रिय मोडल हो । नेपालमा हाल यसको बीएस४ र बीएस६ दुवै भर्सन उपलब्ध छन् । जसको मूल्य क्रमशः ४ लाख २० हजार र ४ लाख ४० हजार रुपैयाँ पर्छ । भारततीय बजारमा भएको मूल्य बृद्धिको असर नेपाली बजारमा समेत पर्ने हुँदा यसको अपडेटेड मोडल नेपाल आइपुग्दा २५ हजार रुपैयाँसम्मले महंगो पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएकाे छ । असार ८ गतेदेखि १३...

ड्युअल कलरमा पल्सर १५० नेपाली बजारमा, मूल्य र फिचर उही

ड्युअल कलरमा पल्सर १५० नेपाली बजारमा, मूल्य र फिचर उही

काठमाडौं – नेपाली बजारमा केही समय पहिले देखि उपलब्ध ड्युअल कलरको पल्सर १५०...

क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाजको प्रायोजन, बन्यो पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर

क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाजको प्रायोजन, बन्यो पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...