लिपमोटरको विश्व बजारमा नयाँ रेकर्ड, १५ लाख युनिट बिक्री पुरा

चिनियाँ ईभी स्टार्टअप कम्पनी लिपमोटरले विश्व अटो बजारमा एक नयाँ किर्तिमान रचेको छ । बहुराष्ट्रिय अटोमोबाइल कम्पनी ’स्टेलान्टिस’को लगानी र समर्थन रहेको लिपमोटरले विश्व बजारमा १५ लाख युनिट ईभी बिक्री पुरा गरेको हो ।

सन् २०१९ को जुन महिनामा आफ्नो पहिलो सवारी साधन डेलिभरी गरेर व्यावसायिक यात्रा सुरु गरेको लीपमोटरले छोटो समयमै ठूलो फड्को मारेको हो । कम्पनीले अक्टोबर २०२४ मा ५ लाख युनिट बिक्री पुरा गरेकोमा अक्टोबर २०२५ मा १० लाख पुरा गरेको थियो । थप ५ लाख युनिट कार ७ महिनामै बिक्री गरेको कम्पनीले गत मे महिनामा मात्रै ८१ हजार ५६९ युनिट बिक्री गरेको थियो ।

लिपमोटरले चालु वर्ष २०२६ भित्र मात्रै विश्वभर १० लाख कार बिक्री गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ । यस लक्ष्य अन्तर्गत चिनियाँ घरेलु बजारमा ८ लाख ५० हजारदेखि ९ लाख युनिट र अन्तर्राष्ट्रिय बजारमा १ लाखदेखि १ लाख ५० हजार युनिट बिक्री गर्ने रणनीति कम्पनीको छ ।

हाल विश्वका ४० भन्दा बढी देशमा २ हजारभन्दा बढी आउटलेटहरूको बलियो नेटवर्क बनाएको लिपमोटरले अन्तर्राष्ट्रिय व्यापारबाट राम्रो नाफा कमाउन थालेको छ । विशेष गरी इटालीको ईभी बजारमा लिपमोटरको बजार हिस्सा ३० प्रतिशतभन्दा बढी रहेको जनाइएको छ ।

लिपमोटरले चालु वर्षको दोस्रो त्रैमासिकदेखि युरोपमा आफ्नै प्लान्ट निर्माण सुरु गर्दैछ । साथै, चौथो त्रैमासिकदेखि स्टेलान्टिसको स्पेनस्थित प्लान्टमार्फत स्थानीय रूपमा सीकेडी एसेम्बली सुरु गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

६ महिनामा चीनमा बिक्री भयो १ करोड ४० लाख बढी कार, बीवाईडी पहिलो स्थानमा

६ महिनामा चीनमा बिक्री भयो १ करोड ४० लाख बढी कार, बीवाईडी पहिलो स्थानमा

काठमाडौं– विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा ६ महिना अबधीमा १ करोड ४० लाख...

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...