यस्ता हुनेछन् भविष्यका इलेक्ट्रिक कार, अत्याधुनिक प्रविधि र अद्भुत डिजाइनले सुसज्जित

इलेक्ट्रिक सवारी साधनको लोकप्रियता बढेसँगै विभिन्न कम्पनीहरूले फ्युचरिस्टिक इलेक्ट्रिक कारको कन्सेप्ट मोडल सार्वजनिक गरेका छन् ।  विज्ञहरूका अनुसार यस्ता कन्सेप्ट कारहरू केवल प्रदर्शनीका लागि मात्र निर्माण गरिएका हुँदैनन्। यी मोडलहरूले कम्पनीको दीर्घकालीन सोच, नयाँ प्रविधि र डिजाइनको सोचलाई प्रतिबिम्बित गर्छन्।

एम कन्सेप्ट नोए क्लासे: बिएमडब्ल्युले आफ्नो हाई परफर्मेन्स इलेक्ट्रिक कार ‘एम कन्सेप्ट नोए क्लासे’ कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । यसमा मस्कुलर डिजाइन, इल्युमिनेटेड ग्रिल तथा ड्राइभर केन्द्रित ककपिट देख्न सकिन्छ । सो अवधारणाको मुख्य आकर्षण ४ वटा इलेक्ट्रिक मोटर हुनु हो । कम्पनीले यसमार्फत प्यानोरामिक भिजन डिस्प्ले र हल्का तौल निर्माण प्रविधिसमेत प्रदर्शन गरेको छ ।

मर्सिडिज बेन्ज ‘भिजन वान इलेभेन’ : त्यसैगरी, मर्सिडिज बेन्जले ‘भिजन वान इलेभेन’ अवधारणा सार्वजनिक गर्दै विगत र भविष्यलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरेको छ। सन् १९७० दशकका चर्चित सी–१११ प्रयोगात्मक कारबाट प्रेरित सो मोडलमा रेट्रो शैली र आधुनिक प्रविधिको आकर्षक संयोजन गरिएको छ। लो स्लंग बडी, गलविङ डोर र कपर थिमको क्याबिनले यसलाई विशिष्ट बनाएको छ।

अउडी ‘एक्टिभस्फेयर’: अउडीले पनि एक्टिभस्फेयर अवधारणाको  फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधन सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक क्रसओभरमा अग्मेन्टेड रियालिटी डिस्प्ले, अटोनोमस ड्राइभिङ फिचर तथा आवश्यकताअनुसार प्रयोग गर्न सकिने फ्लेक्सिबल रियर कार्गो एरिया समावेश गरिएको छ।

पोर्श ‘मिसन एक्स’: स्पोर्ट्स कार निर्माता पोर्शले ‘मिसन एक्स’ नामक इलेक्ट्रिक हाइपरकारको अवधारणा प्रस्तुत गरेको छ । बटरफ्लाइ डोर, अल्ट्रा लो कार्बन फाइबर बडी र नयाँ पुस्ताको ब्याट्री प्रविधिसहितको सो कार उच्च गति र उत्कृष्ट नियन्त्रणलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ। कम्पनीले यसलाई इलेक्ट्रिक हाइपरकारहरूको भविष्यको प्रतिनिधिका रूपमा प्रस्तुत गरेको छ।

जागुआर ‘टाइप ००’: जागुआरले पनि आफ्नो भावी इलेक्ट्रिक यात्राको लागि ‘टाइप ००’ अवधारणा प्रस्तुत गरेको छ। लामो बोनट र मिनिमलिस्ट डिजाइनले यसलाई परम्परागत जागुआर मोडलभन्दा फरक बनाएको छ। कम्पनीका अनुसार सो अवधारणाले आगामी पुस्ताका प्रिमियम इलेक्ट्रिक कारको डिजाइन र इनोभेसनको दिशा निर्धारण गर्नेछ।

सम्बन्धित समाचारहरू

डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

चिनियाँ ब्रान्ड डीपलको नयाँ अफरोडर जी३१८ सार्वजनिक भएको छ । डीपलको यो...

आगामी बजेटमार्फत ईभीमा कर बढ्ने संकेत, कस्तो पर्ला असर ?

आगामी बजेटमार्फत ईभीमा कर बढ्ने संकेत, कस्तो पर्ला असर ?

आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी अर्थात ईभीमा फेरि पनि कर...

१ लाख किलोमिटर यात्रा गर्दा पनि ९५ प्रतिशत चार्ज टिक्ने बाइक लन्च

१ लाख किलोमिटर यात्रा गर्दा पनि ९५ प्रतिशत चार्ज टिक्ने बाइक लन्च

बैंगलोरको इलेक्ट्रिक टु ह्विलर कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...