अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १०७.८२ डलर पुग्यो
साउदी अरबको प्रमुख तेल पाइपलाइन अस्थायी रूपमा बन्द भएपछि कच्चा तेलको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति भएको र अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। आइतबार सार्वजनिक भएको निर्णयले विगत तीन महिनादेखि आक्रान्त बनेको विश्व ऊर्जा बजारलाई ठुलो राहत दिएको हो ।
बजारमा आएको यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल झन्डै ८४ डलरमा ओर्लिएको छ भने अमेरिकी क्रुडको मूल्य पनि ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डलरको आसपासमा झरेको छ।
यदि तेलको मूल्य यही विन्दुमा स्थिर रहेमा, यो गत मार्च ४ यताकै सबैभन्दा न्यून मूल्य हुनेछ, जुन युद्ध शुरू भएको केही दिनपछिको अवस्था हो। यसअघि यही सप्ताहान्तमा सम्झौताको खाका तयार हुने अपेक्षाका कारण गत शुक्रबार नै कच्चा तेलको मूल्य युद्ध शुरू भएयता पहिलो पटक प्रतिब्यारेल ९० डलरभन्दा तल झरेको थियो।
यद्यपि, गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गर्नुअघिको ७० डलरभन्दा तलको मूल्यमा फर्किन भने अझै लामो समय लाग्ने देखिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...