टोयोटाको नयाँ प्रविधि: अब इलेक्ट्रिक कारमा पनि म्यानुअल गियर र क्लचको अनुभव

इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । यसले म्यानुअल गियरबक्सको अनुभवलाई कम बनाएको छ । तर टोयोटाले इलेक्ट्रिक कारमा पनि पेट्रोल र डिजेल गाडीमा जस्तै क्लच थिच्ने र गियर परिवर्तन गर्ने अनुभव प्रदान गर्न नयाँ एसयूभी ल्याउने तयारी गरिरहेको छ ।

टोयोटाले हालै यस्तो कन्ट्रोल सिस्टमको पेटेन्ट दर्ता गरेको छ, जसमा क्लच प्याडल र गियर सिफ्टर समावेश गरिएको सिमुलेटेड म्यानुअल गियरबक्स समावेश छ। यसको पेटेन्ट जनवरीमा दर्ता गरिएको भए तापनि हालै यसको बारेमा सार्वजनिक गरिएको हो । रिपोर्टका अनुसार कम्पनीले विगत ३ वर्षदेखि सो प्रविधिको परीक्षण भइरहेको छ ।

सो सिस्टमले चालकको ड्राइभिङ स्किल्स पनि टेस्ट गर्छ । यदि चालकले कुनै गलत समयमा गलत गियर प्रयोग गरेमा गाडीले झट्का दिनेछ, ठीक पेट्रोल वा डिजेल गाडीमा इन्जिन बन्द हुनुअघि महसुस हुने अवस्थाजस्तै। यस्तै, गलत गियर परिवर्तनको अवस्थामा सिस्टमले मोटरको पावर कन्ट्रोल गर्दै अटोमेटिक रूपमा ब्रेक सक्रिय गर्न सक्छ ।

कम्पनीले दाबी गरे अनुसार सो स्मार्ट सिस्टमले चालकको ड्राइभिङ स्किलको लेवल पनि तय गर्न सक्नेछ र आवश्यक परेमा अतिरिक्त सेफ्टी फिचर पनि सक्रिय गर्न सक्षम हुनेछ। यसले ड्राइभिङ अनुभवलाई थप यथार्थपरक र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडोको २०२५ मोडलको डिजाइनका तस्बिरहरू लिक भएका छन्, जसले...

९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

काठमाडौँ – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

जनरल मोटर्सलाई पछि पार्दै टोयोटाले खोस्यो अमेरिकामा नम्वर वानको ताज

जनरल मोटर्सलाई पछि पार्दै टोयोटाले खोस्यो अमेरिकामा नम्वर वानको ताज

९० बर्षदेखी अमेरिकामा सर्बाधिक बिक्री हुने अटो ब्रान्डका रुपमा आफूलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...