धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया
धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
हुन्डाई मोटरले फिफासँगको २७ वर्ष लामो साझेदारीलाई थप सुदृढ बनाउँदै फिफा वर्ल्ड कप २०२६ का लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मोबिलिटी तथा रोबोटिक्स सोलुसन उपलब्ध गराउने घोषणा गरेको छ।
फिफाको दीर्घकालीन साझेदारका रूपमा हुन्डाईले लगभग तीन दशकदेखि जारी सहकार्यलाई नयाँ उचाइमा पु¥याउँदै परम्परागत सवारीसाधन सेवाभन्दा अघि बढेर रोबोटिक्स तथा अत्याधुनिक प्रविधिलाई पनि प्रतियोगिताको सञ्चालनमा समेट्ने भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोका १६ आयोजक सहरमा हुने वर्ल्ड कपका विभिन्न गतिविधिलाई सहयोग पु¥याउन कम्पनीले आफ्नो भूमिका विस्तार गरेको हो।
वर्ल्ड कप २०२६ फिफाको आधिकारिक रोबोटिक्स साझेदारका रूपमा हुन्डाईको नवीन भूमिकाअन्तर्गत सञ्चालन हुने पहिलो ठूलो परियोजना पनि हो। यसले विश्वमञ्चमा स्मार्ट मोबिलिटी र नवप्रवर्तनसम्बन्धी कम्पनीको दीर्घकालीन दृष्टिकोणलाई थप मजबुत बनाउने विश्वास गरिएको कम्पनीको भनाइ छ।
प्रतियोगिताका लागि हुन्डाईले कुल १ हजार ५०० सवारीसाधनको फ्लिट उपलब्ध गराउनेछ, जसमा ९९४ वटा प्यासेन्जर भेइकल र ५०६ वटा बस समावेश छन्। यी सवारीसाधनले सहभागी नेसनल टिम, अफिसियल, व्यवस्थापन टोली तथा सञ्चारकर्मीहरूको आवागमन व्यवस्थापनमा सहयोग पु¥याउनेछन्। यसले वर्ल्ड कपजस्तो विशाल खेलकुद प्रतियोगितामा सहज यातायात तथा प्रभावकारी लजिस्टिक व्यवस्थापन सुनिश्चित गर्नुका साथै हुन्डाईको ठूलो स्तरको मोबिलिटी क्षमता पनि प्रदर्शन गर्नेछ।
यसरी उपलब्ध गराइने सवारीसाधनहरूमा हुन्डाई प्यालिसेड, सान्ता फे, टुसान, कोना, सोनाटा, इलान्ट्रा, क्रेटा, क्रेटा ग्रान्ड र जेनेसिस जीभी८० जस्ता हुन्डाईका विभिन्न लोकप्रिय मोडलहरू समावेश हुनेछन्, जसमध्ये केहीमा हाइब्रिड इलेक्ट्रिक भेरिएन्ट (एचईभी) समेत उपलब्ध हुनेछन् । यो विविध र आधुनिक सवारीसाधन लाइनअपले विश्वकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्ये एकमा भरपर्दो, प्रभावकारी र सहज यातायात सेवा प्रदान गर्ने कम्पनीको क्षमतालाई उजागर गर्नेछ।
फिफा वर्ल्ड कप २०२६ हुन्डाईको रोबोटिक्स रणनीतिका लागि पनि महत्वपूर्ण कोशेढुंगा बन्नेछ। प्रतियोगितास्थलहरूमा पहिलोपटक बोस्टन डाइनामिक स्पट रोबोटलाई पहिलो पटक औपचारिक रुपमा परिचालन गरिनेछ। यसले फिफाको आधिकारिक रोबोटिक्स साझेदारका रूपमा हुन्डाईको विस्तारित भूमिका तथा स्मार्ट मोबिलिटी र रोबोटिक्सको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।
फिफाको सुरक्षा व्यवस्थापनलाई सहयोग पु¥याउन विशेष रूपमा परिमार्जन गरिएका चारवटा स्पट रोबोट तैनाथ गरिनेछन्। यी रोबोटले जटिल तथा उच्च भीडभाडयुक्त वातावरणमा सुरक्षा निगरानी, सञ्चालन दक्षता अभिवृद्धि तथा जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...
हुन्डाईले २०२१ मा एन–लाइनको पहिलो प्रोडक्ट लन्च गर्ने भएको छ । कम्पनीले सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...