कार सस्पेन्सन सिस्टमका प्रकार र विशेषता: कुन सवारीमा कुन प्रविधि प्रयोग हुन्छ?

गाडीमा सेफ्टीका लागि सस्पेन्सन सिस्टमको महत्वपूर्ण भूमिका हुन्छ। सस्पेन्सनले सडकका खाल्डाखुल्डी तथा  कच्ची सतहबाट उत्पन्न हुने झट्कालाई अवशोषित गर्नुका साथै उच्च गतिमा पनि गाडीलाई सडकमा मजबुत रूपमा टिकाइराख्न मद्दत गर्छ। यही कारणले गाडीमा प्रयोगको उद्देश्यलाई ध्यानमा राखेर विभिन्न प्रकारका सस्पेन्सन सिस्टम प्रयोग गर्ने गरेको छ ।

हाल बजारमा उपलब्ध अधिकांश सवारी साधनमा मुख्य रूपमा ३ प्रकारका सस्पेन्सन सिस्टम प्रयोग गरिन्छ, जसमा नन इन्डिपेन्डेन्ट सस्पेन्सन, सेमी इन्डिपेन्डेन्ट सस्पेन्सन र फुली इन्डिपेन्डेन्ट सस्पेन्सन प्रमुख हुन्।

नन इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टमलाई सोलिड एक्सल वा रिजिड एक्सल सस्पेन्सन पनि भनिन्छ। यो सबैभन्दा पुरानो र धेरै प्रयोग हुने सस्पेन्सन हो । यसमा बलियो फलामको रडले दुवै पाङ्ग्रालाई जोडेको हुन्छ र सम्पूर्ण भार वहन गर्ने काम गर्छ। झट्का कम गर्न लिफ स्प्रिङ वा काइल स्प्रिङको प्रयोग गरिन्छ। यो सिस्टम विशेषगरी भारी ट्रक, व्यावसायिक सवारी साधन तथा अफ रोड सवारीमा प्रयोग गरिन्छ ।  मारुती सुजुकी जिम्नी र जीप र्याङ्गलरजस्ता अफ–रोड सवारीमा अगाडि र पछाडि दुवैतर्फ यही सिस्टम प्रयोग गरिएको हुन्छ।

सेमी इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टमलाई ट्विस्ट बिम वा टोर्सन बिम सस्पेन्सन पनि भनिन्छ। यो विशेषगरी बजेट तथा किफायती सवारी साधनमा पछाडिको भागमा प्रयोग गरिन्छ। यसमा रहेको मेटल बिमले झट्काको समयमा केही मात्रामा मोडिएर प्रभावलाई कम गर्ने काम गर्छ। त्यसैले यो सोलिड एक्सलभन्दा बढी लचिलो हुन्छ । बजारमा उपलब्ध अधिकांश ह्याचब्याक, सेडान तथा कम्प्याक्ट एसयूभीहरूमा यही सिस्टम प्रयोग गरिन्छ । सुजुकी स्विफ्ट, हुन्डाई आई–२० र टाटा नेक्सनजस्ता लोकप्रिय मोडल यही सस्पेन्सन प्रयोग गरिएको हुन्छ ।

फुली इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टम आधुनिक र उन्नत प्रविधिको सिस्टम हो। यसमा प्रत्येक पाङ्ग्रा स्वतन्त्र रूपमा काम गर्ने भएकाले एउटा पाङ्ग्रामा परेको झट्काले अर्को पाङ्ग्रालाई असर गर्दैन। यसले यात्रालाई थप सहज बनाउनुका साथै गाडीको कन्ट्रोल क्षमतामा पनि सुधार ल्याउँछ। यही कारणले प्रिमियम तथा लक्जरी सवारी साधनहरूमा यसको प्रयोग बढी हुने गरेको छ।

फुली इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टम भित्र म्याकफर्सन स्ट्रट, डबल विशबोन र मल्टि लिङ गरी ३ प्रमुख प्रकार रहेका छन्। म्याकफर्सन स्ट्रट सबैभन्दा लोकप्रिय सिस्टम मानिन्छ। अमेरिकी इन्जिनियर अर्ल एस. म्याकफर्सनको नामबाट नामकरण गरिएको सो सिस्टममा शर्क एब्जर्बर वरिपरि स्प्रिङ जडान गरिएको हुन्छ। यसको सरल संरचना, कम लागत र टिकाउपनका कारण अधिकांश बजेट तथा मध्यम मूल्यका कारहरूको अगाडिको भागमा यही सिस्टम प्रयोग गरिन्छ।

डबल विशबोन सिस्टम तुलनात्मक रूपमा बढी उन्नत र महँगो प्रविधि हो। यसमा पाङ्ग्रालाई माथि र तलबाट दुईवटा नियन्त्रण हातले समातेका हुन्छन्, जसले मोडमा उत्कृष्ट सन्तुलन र पकड प्रदान गर्छ। महिन्द्रा थार रक्स, टोयोटा फर्चुनर तथा बीएमडब्ल्यू ५ सिरिज र ल्याण्ड रोभरजस्ता लक्जरी गाडीमा यसको प्रयोग गरिन्छ।

त्यसैगरी मल्टि–लिङ्क सस्पेन्सन सबैभन्दा जटिल र महँगो सिस्टम मानिन्छ। एउटा पाङ्ग्रालाई कन्ट्रोल गर्न तीन वा सोभन्दा बढी छुट्टाछुट्टै लिङ्कको प्रयोग गरिने भएकाले यसले उत्कृष्ट आराम र सटीक ह्यान्डलिङ प्रदान गर्छ। होन्डा एकर्ड, अडी ए–६ तथा फक्सवागन गल्फ आरजस्ता प्रिमियम तथा लक्जरी कारहरूमा यो प्रविधि प्रयोग गरिएको पाइन्छ।

सम्बन्धित समाचारहरू

महानगरले थप ४० वटा ठुला सिटी बस सञ्चालनमा ल्यायो, यात्रुले आकर्षक उपहार पाउने

महानगरले थप ४० वटा ठुला सिटी बस सञ्चालनमा ल्यायो, यात्रुले आकर्षक उपहार पाउने

काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र सेवा दिँदै आएको महानगर यातायात...

केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च

केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च

भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन...

रोबोट ट्याक्सी र ड्रोनको तीव्र विस्तारले चीनमा लाखौं चालकको रोजगारी संकटमा

रोबोट ट्याक्सी र ड्रोनको तीव्र विस्तारले चीनमा लाखौं चालकको रोजगारी संकटमा

चीनमा एआई र अटोमेशन प्रविधिको तीव्र विस्तारसँगै नयाँ प्रकारको सामाजिक तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...