बतास एमएडब्ल्यु कमर्सियल भेइकल्सले जित्यो हेभी कमर्सियल बस सेगमेन्टमा ‘ब्रेकथ्रु अवार्ड’

काठमाडौ— भल्वोे आइसर कमर्सियल भेइकल्सको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्ल्यु कमर्सियल भेइकल्स (बीएमसीभी) लाई थाइल्याण्डमा आयोजित भल्वोे आइसर वार्षिक डिलरसिप सम्मेलन (एडीसी २०२६ एनुअल डिलरसिप कन्फ्रेन्स) मा हेभी कमर्सियल बस सेगमेन्टमा प्रतिष्ठित ‘ब्रेकथ्रु अवार्ड’ द्वारा सम्मान गरिएको छ ।

नेपालभर बस सेगमेन्टमा बतास एमएडब्ल्युको उत्कृष्ट प्रदर्शन र तीव्र बजार विस्तारको कदरस्वरुप भल्वोे आइसर कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले यो अवार्ड प्रदान गरेको हो ।

२०० भन्दा बढी डिलरलाई पछि पार्दै कम्पनीले यो सम्मानित अवार्ड प्राप्त गरेको र यसले चुनौतीपूर्ण तर आशाजनक बजारमा ब्रान्डको तीव्र र प्रभावकारी वृद्धिलाई प्रतिबिम्बित गरेको जनाइएको छ । अवार्ड हात पार्नुले बतास एमएडब्लु कमर्सियल भेइकल्स र भल्वोे आइसर कमर्सियल भेइकल्स बीचको बलियो र सफल साझेदारीको प्रमाण प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

यो उपलब्धि विशेष गरी आइसरको हेभी कमर्सियल बस ‘आइसर म्याजेस्टिक’ को उल्लेखनिय सफलतासँग जोडिएको छ । देशभरका सार्वजनिक यातायात व्यवसायी, ट्राभल कम्पनी तथा विभिन्न यातायात समितिहरूमाझ बलियो उपस्थिति बनाउँदै लगेको आइसर म्याजेस्टिकले छोटो समयमै बलियो विश्वास स्थापित गर्न सफल भएको छ ।

२०० भन्दा बढी म्याजेस्टिक बस नेपाली सडकमा सञ्चालनमा रहेका र ९५ भन्दा बढी सन्तुष्ट कम्पनी तथा यातायात समितिले फ्लिटको रुपमा प्रयोग गरिरहेका छन् । ७५ लाख किलोमिटरभन्दा बढी दुरी पुरा गरेर सफल रुपमा सञ्चालन भइरहेका छन् भने देशभरका २५ भन्दा बढी रुटमार्फत राजमार्ग र अन्तर प्रादेशिक करिडोरहरुमा सञ्चालन भइरहेका छन् ।

बीएमसीभीले आफ्ना ग्राहक, यातायात व्यवसायी, ट्राभल कम्पनी तथा समितिहरूप्रति आभार व्यक्त गरेको छ। आइसर म्याजेस्टिकलाई विश्वास गरेर आफ्नो फ्लिटमा समावेश गर्ने सबै ग्राहकको योगदानले नै यो सफलता सम्भव भएको र यसको श्रेय सबैलाई जाने बताएको छ ।

बतास एमएडब्ल्यु कमर्सियल भेइकल्स नेपालमा भल्वोे आइसर कमर्सियल सवारीसाधनको आधिकारिक वितरक तथा डिलर हो। सातै प्रदेशमा विस्तार हुँदै गएको आफ्नो नेटवर्कमार्फत कम्पनीले ट्रक, बस तथा लाइट कमर्सियल भेइकलसहित विश्वस्तरीय व्यावसायिक यातायात समाधान नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित समाचारहरू

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवल–जगदम्बा मोटर्स प्रालि अन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड...

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले एक...

‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक : जसले दिन्छ चार्जिङ स्टेसनको जानकारी

‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक : जसले दिन्छ चार्जिङ स्टेसनको जानकारी

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...