नयाँ बजेटको असर : एकैपटक ५ लाखले घट्यो लिपमोटर बी१० को मूल्य

काठमाडौं - लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नेपाली बजारमा उपलब्ध लिपमोटर बी१० को मूल्यमा एकैपटक ५ लाख रुपैयाँले कटौती गरेको छ । यसअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको बी१० को डिजाइन भेरिएन्टको मूल्य ५ लाख घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको हो ।

सांग्रिला मोटर्सले आज देखि लागु हुने गरी सो मूल्य कायम गरेको हो । मूल्य समायोजनसंगै बी१० मा अव स्पेयर ह्विल समेत उपलब्ध हुनेछ ।

गत वर्षको साउन महिनामा सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मार्फत पहिलो पटक नेपालमा सार्वजनिक लिपमोटर बी१० दुई भेरिएन्टमा उपलब्ध छ । लन्चिङ समयमा प्रदान गरिएको अफरमा यसको लाइफ भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार र डिजाइन भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ थियो । पछि बढे उक्त मूल्य क्रमशः ५५ र ६० लाख रुपैयाँ पुगेको थियो ।

अर्थमन्त्री डा. स्वर्णिमा वाग्लेद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटमार्फत इलेक्ट्रिक भेइकल अर्थात ईभीमा मोटर पावरको आधारमा नभई अब मूल्यका आधारमा कर तोकिएको छ । पहिले मोटर पावरको आधारमा कर लाग्ने व्यवस्था थियो । पहिले ५० किलोवाट सम्म, ५१ देखि १०० किलोवाट सम्म, १०१ किलोवाट देखि १५० किलोवाट सम्म र १५१ किलोवाट देखि २०० किलोवाट सम्म गरी फरक फरक करको दर तोकिएको थियो । तर अब सो दर यसरी किलोवाटको आधारमा नभई मूल्यका आधारमा तय हुने भएको छ । यस अनुसार बी१० को मूल्य समेत समायोजन गरिएको कम्पनीको भनाइ छ ।

रियर ह्विल ड्राइभ सिस्टम भएको बी१० मा शक्तिशाली १६० किलोवाट क्षमताको मोटर छ भने लाइफ भेरिएन्टमा ५६.२ किलोवाट आवर र डिजाइन भेरिएन्टमा ६७.१ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा क्रमशः ३८० र ४६० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।

११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने बी१० को ब्याट्रीलाई ३४ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

यसको लम्बाइ ४५ सय १५ एमएम, चौडाइ १८ सय ८५ एमएम र उचाइ १६ सय ५५ एमएम छ । यसमा २७ सय ३५ एमएम ह्विलबेस छ। बी१० एसयूभीमा एडास लेभल टु, लाइडार, स्न्यापड्रागनको चिप, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइट, १२ स्पिकरसहितको अडियो सिस्टम लगायत विशेषता छन्।

फुल एलईडी हेडलाइट, हिडन डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, फुल एलईडी टेललाइट, प्यानोरामिक सनरुफ तथा इन्टेरियरमा स्मार्टफोन होल्डर एन्ड चार्जिङ, फुल्ली रिक्लाइनेबल सिट, १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्सोल, ८.८ इन्चको एलसीडी ड्राइभर क्लस्टर लगायतका फिचर रहेका छन् ।

बी१० नेपाली बजारमा उपलब्ध यही सेगमेन्ट एसयूभीको तुलनामा निक्कै अब्बल रहेको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

काठमाडौँ – सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो...

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

काठमाडौं – सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

सेरेस ३ नेपालमा, यस्ता छन् बहुप्रतीक्षित ‘सेरेस ३’ का विशेषताहरु

सेरेस ३ नेपालमा, यस्ता छन् बहुप्रतीक्षित ‘सेरेस ३’ का विशेषताहरु

एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...