सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न
काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन...
काठमाडौं–टाटा टियागो ईभी अव ३ लाख ५० हजार डाउन पेमेन्टमै खरिद गर्न पाइने भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवको अवसरमा नयाँ स्किम ल्याएको हो ।
५ दिनका लागि मात्र ल्याइएको यस स्किम अन्तर्गत जुन ९ सम्म गाडी बुक गर्ने १०० जना ग्राहक यस स्किमबाट लाभन्वित हुने कम्पनीले जनाएको छ । सिप्रदीले यसअघि टियागो ईभीमा ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टको स्किम ल्याएको थियो ।
टियागो ईभी एक्सटी र एक्सजेड प्लस टेक लक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः २७ लाख ४९ हजार र २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस कारमा २४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाट क्षमतको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसुले एकपटकको फुल चार्जमा २०५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ११४ एनएम टर्क प्रदान गर्ने इलेक्ट्रिक मोटर रहेको सो ईभीलाई सिटी र स्पोट्र्स गरी दुई ड्राइभ मोडमा चलाउन सकिन्छ ।
यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३७८१, १६७७ र १५३६ एमएम छ भने २४०० एमएमको ह्विलबेस छ । २४० लिटरको बुट स्पेस रहेको सो ईभीको टर्निङ सर्कल रेडियस ५.१ मिटर छ ।
यस कारको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १०.२५ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ । त्यसैगरी फुल्ली डिजिटल इन्फर्मेसन सिस्टम लगायतका विभिन्न विशेषता रहेका छन् ।
काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन...
काठमाडौं – टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेक्सन ईभी नेपालमा...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...