महंगा भए आईकार भी२३ र जेइको जे६ ईभी, कुनमा कति बढ्यो ?

काठमाडौं–ईभी बजारमा निकै राम्रो चर्चा पाइरहका विद्युतीय एसयूभी आईकार भी२३ र जेइको जे६ टी थप महंगो भएका छन् । यी कारमा क्रमश ३ लाख र १ लाख रुपैयाँ मूल्य बृद्धि गरिएको हो। आईकार र जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले दुबै कारमा एकसाथ मूल्य बृद्धि गरेको हो ।

यसअघि ५० लाख ९९ हजारमा बिक्री हुँदै आएको आईकार भी२३ को मूल्य अव ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने ६८ लाख ९९ हजारमा बिक्री हुँदै आएको जेईको जे६ टीलाई ६९ लाख ९९ हजार रुपैयाँ पर्ने जनाइएको छ ।

नेपाल आएको १० महिनामा आईकार भी२३को मूल्य तीनपटक बृद्धि भइसकेको छ भने जेईको जे६ टीमा पहिलोपटक समायोजन गरिएको हो । गत भदौमा लन्च हुँदा आईकार भी२३ को मूल्य जम्मा ४७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

मूल्य बृद्धि नेपाल सरकारले हालै ल्याएको बजेटका कारण नभई अन्तराष्ट्रिय बजारमा अमेरिकी डलर महंगो हुनु र मध्यपूर्व द्वन्द्वले ढुवानी खर्च बढ्नु जस्ता कारणले भएको हो ।

आईकार भी२३ र जेइको जे६ टी मा क्रमश ५९.९३ किलोवाट आवर र ६५.६९ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यी कारको सीएलटीसी रेन्ज क्रमशः ४०० र ४३० किलोमिटर दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन ईमास ५ सार्वजनिक, दुई भेरिएन्टमा उपलब्ध गाडीको मूल्य र फिचर यस्तो

प्रोटोन ईमास ५ सार्वजनिक, दुई भेरिएन्टमा उपलब्ध गाडीको मूल्य र फिचर यस्तो

मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले विद्युतीय कार ‘ईमास ५’ मलेसियाली...

यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।...

विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव

विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव

विद्युतीय सवारी खरिद गर्दा गाडीको शोरूम प्रतिनिधिसँग प्रायः सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...