बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज
बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...
काठमाडौं–विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित जीडब्लूएम ग्रेटवाल मोटर्स) अब नेपाली विद्युतीय सवारी बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जीडब्लूएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने संकेत दिएको हो ।
कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढाएको छ ।
प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय एसयूभीमा ५२० किलोमिटर हाराहारी रेन्ज, स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ । यसका साथै आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ ।
विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक कोट्रि प्रबिधीयुक्त बाह्य सतहले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने चर्चा पनि बजारमा भइरहेको छ ।
जसले, गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोविलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा युजर सेन्ट्रिक इनोभेसनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ । यही विश्वव्यापी अनुभव र अत्याधुनिक प्रविधिको संयोजन अब नेपाली ग्राहकहरूले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच जीडब्लूएमको आगामी विद्युतीय एसयूभीलाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
प्रिमियम डिजाइन, एड्भान्स्ड टेक्नोलोजी, उत्कृष्ट पर्फमेन्स तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नेपाल आउँदै गरेको सो नयाँ एसयूभीको प्रमखु विशेषताहरुमा ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, ७ वटा एयरब्याग, १८० डिग्री पारदर्शी चेसिस भ्यू टेक्नोलोजी, उद्योगकै अग्रणी एईबी र एमईबी जस्ता सुरक्षा प्रबिधी, तथा २० भन्दा बढी एडास फिचर उपलब्ध हुनेछन् ।
साथै, कारमा स्मार्ट ककपिट, कफी आएस ३.० एआई सिस्टम, वनटच कन्ट्रोल मार्फत सहज तथा झन्झटरहित सञ्चालन, भेन्टिलेसन सहितको ६ तरिकाबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, फाइभ स्ट्यान्डर्ड ब्याट्री सेफ्टि सिस्टम र ४ भिन्न प्रकारका ड्राइभिङ मोड उपलब्ध हुनेछ ।
बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...
नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...
काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...