टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने
टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा छ । टाटाले अब ३ नयाँ...
टाटा मोटर्सले आफ्नो इन्ट्रि लेवल ह्याचब्याक कार टियागोको ईभी भर्सनलाई नयाँ अवतारमा उतोरको छ । कम्पनीले टियागो ईभीलाई नयाँ डिजाइन, अद्यावधिक गरिएको भित्री भाग र उन्नत सुविधासहित अपग्रेड गरेर लन्च गरेको हो । जसको सुरुवाती मूल्य ६ लाख ९९ हजार भारु निर्धारण गरिएको छ ।
नयाँ टियागो ईभीमा पुनः डिजाइन गरिएको फ्रन्ट फेसिया, नयाँ बम्पर र एकीकृत एलईडी डीआरएल तथा एलईडी फग ल्याम्प सहितको शार्प देखिने एलईडी हेडल्याम्प उपलब्ध गराइएको छ ।
सो नयाँ कारको भित्री भागमा १०.२५ इन्चको टचस्क्रिन, नयाँ टु स्पोक स्टेयरिङ ह्वील र ब्लुटुथ कनेक्टिभिटी भएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर सहितको पूर्ण नयाँ ड्यासबोर्ड राखिएको छ । साथै, रियर एसी भेन्ट सहितको अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड ग्लोभ बक्स, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, स्वचालित हेडल्याम्प, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड भ्यू मनिटर, ३६० डिग्री क्यामेरा र क्रूज कन्ट्रोल लगायत फिचर सामेल गरिएका छन् ।

नयाँ टियागो ईभी १९.२ किलोवाट आवर र २४ किलोवाट आवर गरी दुईवटा ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । सानो ब्याट्री भएको तल्लो भेरियन्टमा ६१ विएचपी पावर भएको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ११० एनएम टर्क जेनेरेट गर्दछ । जबकि उच्च भेरियन्टमा ७४ बीएपची पावरको इलेक्ट्रिक मोटर राखिएको छ, जसले ११४ एनएम टर्क जेनेरेट गर्दछ । यस ईभीले एकपटकको फुल चार्जमा २२६ र २८५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
टाटा मोटर्सले २४ किलोवाट आवर संस्करणमा अव लाइफटाइम असिमित किलोमिटर ब्याट्री वारेन्टी प्रदान गर्ने जनाएको छ । टाटाका ईभी ब्याट्री–एज–ए–सर्भिस विकल्पमा समेत उपलब्ध छन्, जसको ब्याट्री ईएमआई प्रतिकिलोमिटर २.६ भारु पर्ने बताइएको छ ।
टियागो नेपाली बजारमा समेत बिक्री हुँदै आएको विद्युतीय कार हो । इन्ट्रि लेवल ह्याचब्याक कारमा निकै राम्रो बजार पाइरहको यस कारको नयाँ संस्करण निकट भविष्यमै नेपाल आउने अपेक्षा गरिएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २५ लाख हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा छ । टाटाले अब ३ नयाँ...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सको सर्बाधिक लोकप्रिय एसयूभी नेक्सन फेसलिफ्ट सेप्टेम्वरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...