प्रिमियम ब्रान्ड अभिन्या सहित ६ मोडल लन्च गर्दै टाटा मोटर्स

टाटा मोटर्सले आर्थिक वर्ष २०२७ मा ६ वटा मोडल लन्च गर्ने योजना बनाएको छ । जसमा २ पूर्ण नयाँ मोडल र चारवटा फेसलिफ्ट संस्करण समावेश छन् ।

टाटा मोटर्स प्यासेन्जर भेइकलका एमडी तथा सीईओ शैलेश चन्द्रले हालै पुष्टि गरेअनुसार, सियरा ईभी आर्थिक वर्ष २०२७ को दोस्रो त्रैमासिकमा प्रस्तुत लन्च गरिनेछ । यो ईभी कर्भ र ह्यारियर ईभीको विचमा रहनेछ ।

टाटा मोटर्सले सफारीको इलेक्ट्रिक संस्करणमा समेत काम गरिरहेको छ, जसले महिन्द्रा एक्यईभी ९एस सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । सफारी ईभी आगामी फेस्टिभल सिजनमा लन्च हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, टाटाको प्रिमियम ब्रान्ड अभिन्या अन्तर्गतको पहिलो इलेक्ट्रिक कार समेत यसै वर्षको अन्त्यसम्ममा लन्च हुने अनुमान गरिएको छ । यो स्केटबोर्ड प्लेटफर्ममा आधारित प्रिमियम एसयूभीको रूपमा आउने सम्भावना छ ।

कम्पनीले टाटा टियागो र टिगोगरको फेसलिफ्ट समेत यसै वर्ष लन्च गर्ने तयारी गरेको छ । जसमा टियागो ईभीको फेसलिफ्ट संस्करण यसअघि परीक्षणमा देखा परिसकेको छ भने आईसीई संस्करणले पनि अपडेट हुने क्रममा छ ।

टाटाले आफ्नो पहिलो फ्लेक्स–फ्युल गाडीमा काम गरिरहेको छ, जुन यस वर्षको अन्त्यसम्म वा २०२७ को सुरुमा डेब्यु हुनेछ ।

सम्बन्धित समाचारहरू

ब्रान्ड न्यु इन्जिनमा आउँदै नयाँ टाटा सिएरा, फिचर र पावरट्रेन सार्वजनिक

ब्रान्ड न्यु इन्जिनमा आउँदै नयाँ टाटा सिएरा, फिचर र पावरट्रेन सार्वजनिक

काठमाडौं–टाटा मोटर्सले २०२५ को सबैभन्दा बढी प्रतीक्षा गरिएको कारहरू...

शुरुवाती मूल्य ३० लाख रुपैयाँमा नेपाल आयो टाटा टिगोर इभी, यस्तो छ बिशेषता

शुरुवाती मूल्य ३० लाख रुपैयाँमा नेपाल आयो टाटा टिगोर इभी, यस्तो छ बिशेषता

टाटा मोटर्सको दोस्रो इलेक्ट्रिक कार टिगोर नेपाल आएको छ । कम्प्याक्ट सेडान...

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...