दक्षिण अफ्रिकाको अटोमोबाइल बजारमा चिनियाँ ब्रान्डको वृद्धि तीव्र

दक्षिण अफ्रिकाको अटोमोबाइल बजारमा चिनियाँ कम्पनीहरूले तीव्र रूपमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। किफायती मूल्य, आधुनिक एसयूभी तथा लामो वारेन्टी सुविधाका कारण चिनियाँ ब्रान्डहरू दक्षिण अफ्रिकामा लोकप्रिय बन्दै गएका छन्। रिपोर्टका अनुसार दक्षिण अफ्रिकाको यात्रुवाहक सवारी बजारमा चिनियाँ ब्रान्डको हिस्सा सन् २०२४ को ११.२ प्रतिशतबाट बढेर २०२५ सम्ममा १६.८ प्रतिशत पुगेको छ ।

सन् २०२४ मा दक्षिण अफ्रिकाको नयाँ सवारी बजारमा केवल ८ चिनियाँ ब्रान्ड सक्रिय रहेकामा सन् २०२५ सम्ममा यो संख्या १५ पुगेको छ । यसमा बीवाईडी, चेरी र जीडब्ल्युएम जस्ता कम्पनीहरू समावेश छन् । आगामी सन् २०२६ मा थप चिनियाँ कम्पनीहरू दक्षिण अफ्रिकी बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

यद्यपि दक्षिण अफ्रिकामा हालसम्म पनि टोयोटाले २४.८ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यसपछि सुजुकी र फक्सवागन रहेको छ ।

दक्षिण अफ्रिकाको अटो उद्योगको प्रमुख आधार निर्यात भए पनि अमेरिकी बजारतर्फको निर्यातमा उल्लेखनीय गिरावट आएको छ। रिपोर्टका अनुसार अमेरिकातर्फ हुने सवारी निर्यात २६ प्रतिशतले घटेको छ । अमेरिका, मेक्सिको र क्यानडासम्म फैलिएको उत्तर अमेरिकी व्यापार क्षेत्रमा हुने कुल ढुवानी पनि २६.१ प्रतिशतले घटेको छ। सन् २०२४ मा २६ हजार ६३ युनिट निर्यात भएकोमा सन् २०२५ मा यो संख्या घटेर १० हजार ४२ युनिटमा पुगेको छ।

आयाततर्फ भने भारत दक्षिण अफ्रिकामा आयात हुने हलुका सवारी साधनहरूको सबैभन्दा ठुलो स्रोत बनेको छ। कुल आयातमध्ये ५६.२ प्रतिशत हिस्सा भारतबाट आउने सवारी साधनको रहेको छ भने चीनले पनि आफ्नो बजार हिस्सा बढाएर २३.३ प्रतिशत पुर्‍याएको छ।

सम्बन्धित समाचारहरू

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी, यस्तो हुनेछ सेवा

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी, यस्तो हुनेछ सेवा

काठमाडाैँ – सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि...

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

काठमाडौं -आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने...

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो

काठमाडौँ – काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...