काठमाडौं सहित देशभर मल्टीब्रान्ड ‘एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प’ गर्दै पारामाउन्ट मोटर्स
काठमाडौं – नेपालमा एमजी, आईएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको...
काठमाडौं – नेपालमा एमजीको नयाँ ईभी आगामी साता सार्वजनिक हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी एस६ ईभी आगामी सोमबार सार्वजनिक गर्ने भएको हो ।
एमजी एस६ मा १८० किलोवाटको मोेटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसले एक पटकको फुल चार्जमा करीब ५२९ किलोमिटरको रेन्ज प्रदान गर्छ, जुन उक्त किलोमिटरमा डब्लुएलटीपी वर्ल्डवाइड हार्मोनाइज्ड लाइट–ड्युटी भेइकल्स टेस्ट प्रोसेड्युएर भेरिफाइड रहेको कम्पनीले जनाएको छ ।
उक्त ईभी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ । जसमा चर्चित एमजी४ ईभी पनि निर्माण गरिएको छ । कम्पनीकाअनुसार यसको डिजाइन निकै तीखो र आक्रामक देखिन्छ, जसमा एमजीको साइबरस्टर रोडस्टरबाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फेसिया प्रयोग गरिएको छ । गाडीको पछाडिको भागमा पूर्ण चौडाइको एलईडी लाइट बार दिइएको छ ।
यो गाडीको इन्टेरियरमा प्रविधि र सुविधाको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले जडान गरिएको छ । आधुनिक टच इन्टरफेसका बीचमा पनि मुख्य कार्यहरूका लागि फिजिकल कन्ट्रोलहरू कायमै राखिएको छ, जसले ड्राइभिङका क्रममा सहजता प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार व्यावहारिकताको हिसाबले यसमा ६७४ लिटरको बुट स्पेस छ । जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ । साथै, चार्जिङ केबल वा साना सामान राख्नका लागि अगाडि १२४ लिटरको फ्रन्ट ट्रंक पनि दिइएको छ । सुरक्षाका दृष्टिकोणले एमजीको यस गाडीले फाइभ स्टार युरो एनक्याप रेटिङ प्राप्त गरेको छ ।
यस बाहेकका सुविधाहरूमा यो ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट रहेको छ । ११ स्पिकर अडियो सिस्टम र प्यानोरामिक सनरुफ छन् । साथै, युट्युब जस्ता इन–बिल्ट स्ट्रिमिङ एपहरू र वायरलेस चार्जिङ सुविधा छन् ।
नेपालमा एमजी एस६ को आगमन पश्चात पहिले नै बजारमा रहेका बीवाईडी सिलायन ७, दिपल एस ०७ र लिपमोटर सी१० जस्ता गाडीहरूसँग कडा प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालमा एमजी, आईएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको...
नेपाली बजारमा इलेक्ट्रिक कारको चर्चा गर्दा जहिले पनि हुन्डाई, एमजी र...
एमजी मोटर्सको बहुप्रतिक्षित मिड साइज एसयुभी एस्टरलाई आज सार्बजनिक गरिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...