अप्रिलमा यस्तो छ टाटा मोटर्सको सवारी साधन बिक्री तथ्यांक

अप्रिल २०२६ मा टाटा मोटर्सले सवारी साधन बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ। कम्पनीले सो महिनामा कुल ५९ हजार ७०१ युनिट सवारी साधन बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिमा बिक्री भएका ४५ हजार ५३२ युनिटको तुलनामा ३१.१२ प्रतिशतले बढी हो।

कम्पनीको घरेलु सवारी साधन बिक्रीमा पनि उल्लेखनीय सुधार देखिएको छ। अप्रिल २०२६ मा घरेलु बजारमा ५९ हजार युनिट बिक्री भएको छ, जुन गत वर्षको सोही महिनामा ४५ हजार १९९ युनिट थियो। यसले ३०.५ प्रतिशतको वृद्धि जनाउँछ ।

अन्तर्राष्ट्रिय बजारतर्फ पनि कम्पनीले उत्साहजनक प्रगति गरेको छ। अप्रिल २०२६ मा ७०१ युनिट सवारी निर्यात गरिएको छ, जुन गत वर्षको सोही अवधिमा केवल ३३३ युनिट थियो। यसले अन्तर्राष्ट्रिय बिक्रीमा ११०.५ प्रतिशतको उच्च वृद्धि भएको पुष्टि गर्छ।

इलेक्ट्रिक सवारी साधनतर्फ कम्पनीले अप्रिल २०२६ मा ९ हजार १५० युनिट इलेक्ट्रिक सवारी बिक्री गरेको छ, जुन गत वर्षको ५ हजार ३१८ युनिटको तुलनामा ७२.१ प्रतिशतले बढी हो ।

त्यसैगरी, व्यावसायिक सवारी साधन बिक्रीमा पनि कम्पनीले राम्रो प्रगति गरेको छ। अप्रिल २०२६ मा ३४ हजार ८३३ युनिट बिक्री भएको छ, जुन गत वर्षको २७ हजार २२१ युनिटको तुलनामा २८ प्रतिशतले वृद्धि हो। घरेलु बजारमा मात्र ३२ हजार ९६५ युनिट बिक्री भएको छ, जुन गत वर्षको २५ हजार ७६४ युनिटको तुलनामा २७.९ प्रतिशतले बढी हो।

सम्बन्धित समाचारहरू

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाडौं – सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको...

गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...

टाटा सुमो पनि ईभी भर्सनमा आउने

टाटा सुमो पनि ईभी भर्सनमा आउने

काठमाडौं– इलेक्ट्रिक कार उत्पादनमा आक्रमक देखिएको टाटा मोटर्सले सूमोलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...