सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज
इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...
काठमाडौं - आजबाट सुरु भएको दोस्रो 'चितवन अटो शो २०२६' मा सिप्रदी ट्रेडिङ प्रालिको चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ। उक्त अवसरमा टाटा टियागो ईभी र पन्च ईभीहरूमा ग्राहकहरुको उच्च आकर्षण रहेको कम्पनीको भनाइ छ ।
प्रमुख अथिति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको समुपस्थितिमा नयाँ गाडीहरू टियागो ईभी र पन्च ईभी ग्राहकलाई हस्तान्तरण गरिएको छ। चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरे ।
यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका ईभी गाडीहरुको प्रदर्शन गरिरहेको छ। प्रदर्शनीमा मुख्य आकर्षकको रूपमा रहेका टाटाका ईभी गाडीहरु आफ्नो अत्याधुनिक प्रविधि, उच्च सुरक्षा रेटिङ र किफायती सञ्चालन खर्चका कारण अवलोकनकर्ताहरूको निकै भिड बटुलिरहेका छन्।
भविष्यको सुरक्षित र प्रविधिमैत्री यात्राका लागि टाटाका यी गाडीहरू उत्कृष्ट रोजाइ बनेका छन्। इच्छुक ग्राहकहरूले 'चितवन अटो शो २०२६' को हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरको साथ टाटा कार लिन सक्ने कम्पनीले जनाएको छ ।
इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...
काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...
काठमाडौं – इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...