सुजुकीले एकै महिनामा बेच्यो २ लाख बढी गाडी, बन्यो नयाँ किर्तिमान

काठमाडौँ–भारतीय गाडी निर्माता कम्पनी मारुती सुजुकीले जुलाई २०२६ मा ऐतिहासिक सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले जुलाई महिनामा २ लाखभन्दा बढी सवारी साधन बिक्री गर्दै भारतीय अटोमोबाइल उद्योगमा हालसम्मकै उच्च बिक्रीको कीर्तिमान बनाएको हो ।

मारुती सुजुकीले जुलाई २०२६ मा कुल २ लाख ४१ हजार २४१ युनिट गाडी बिक्री गरेको छ, जसमा ३० हजार ५६ युनिट निर्यात गरेको हो । कम्पनीको कुल घरेलु बिक्री २ लाख १२३ युनिट रहेको छ । यसअन्तर्गत प्यासेन्जर भेहिकल १ लाख ९३ हजार २०३ युनिट र कमर्सियल भेहिकल ३ हजार ९२० युनिट बिक्री भएका छन् ।

गत वर्षको सोही महिना (जुलाई २०२५) को तुलनामा कम्पनीको बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । जुलाई २०२५ मा मारुतीले कुल १ लाख ८० हजार ५२६ युनिट बिक्री गरेको थियो, जसमध्ये घरेलु बिक्री १ लाख ४० हजार ५७० युनिट मात्र थियो ।

कम्पनीका अनुसार, बजारमा मारुतीका गाडीहरूको माग अझै उच्च रहेको छ । हाल कम्पनीसँग करिब १ लाख ६० हजार युनिट गाडीको बुकिङ अझै बाँकी रहेको छ ।

हालै सार्वजनिक गरिएको ‘ब्रेजा फेसलिफ्ट’ को दैनिक करिब २ हजार युनिट बुकिङ भइरहेको छ भने कम्पनीको विद्युतीय गाडी ई–भिटाराले प्रतिमहिना करिब ४ हजार भन्दा बढी बुकिङ पाइरहेको जनाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...