बेनी–जोमसोम सडक कालोपत्र शुरु
कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी...
सवारी दुर्घटनाको एउटा प्रमुख र बिर्सन नहुने कारण भनेको चोक, शाखा सडक वा गल्लीबाट मुख्य सडकमा निस्कँदा आवश्यक सावधानी नअपनाउनु हो । धेरै चालकहरूमा मुख्य सडकमा निस्कने बेला “रोक, हेर र जाऊ” जस्तो आधारभूत नियमलाई बेवास्ता गर्दै स्याट्टै बाटो काट्ने घातक प्रवृत्ति देखिन्छ । यस्तो हतारोले पछाडिबाट आइरहेका सवारीसाधनलाई प्रतिक्रिया दिने समय नै दिदैन, जसका कारण भयावह दुर्घटनाहरु निम्तिने गरेका छन् ।
विशेषगरी मोटरसाइकलमा बालबालिका बोकेर यात्रा गर्दा यस्तो लापरबाहीले झन् गम्भीर रुप लिन सक्छ । त्यसैले, तपाईले आफ्नो यात्रा अनि गन्तव्य तय गर्दा निम्न सुरक्षा सावधानीहरू अनिवार्य रूपमा पालना गर्नुहोस् :
१. “रोक, हेर, जाऊ” नियमः सुरक्षाको पहिलो शर्त
धेरै चालकहरूले शाखा सडकबाट मुख्य सडकमा निस्कँदा यो आधारभूत नियमलाई पूर्णतः बेवास्ता गरेको पाइन्छ । चोक वा मुख्य सडकमा निस्कँदा सधैं पूर्ण रूपमा रोकिनुहोस् । दायाँ र बायाँ दुवैतर्फबाट आइरहेका सवारी साधनको गति र दूरीको आँकलन गर्नुहोस् । केवल गति कम गर्नु पर्याप्त हुँदैन। दायाँ–बायाँ राम्ररी हेरेर सुरक्षित भएपछि मात्र अघि बढ्नुहोस् ।
२. संकेत (Indicators) को सही र समयमै प्रयोग गर्नुहोस्
हाम्रा सडकमा अर्को ठूलो समस्या भनेको 'इन्डिकेटर' को प्रयोग नगर्नु वा ढिलो गर्नु हो । सवारी मोड्नु भन्दा कम्तीमा ३० देखि ५० मिटर अगाडि नै संकेत दिनुहोस् । अचानक संकेत दिँदा पछाडिबाट आइरहेको सवारी चालकले निर्णय लिन पाउँदैन र 'रियर-इन्ड' (पछाडिबाट ठोक्किने) दुर्घटना हुन्छ । त्यस्तै, संकेत दिइसकेपछि पनि ऐना (Mirror) मा पछाडिको सवारीको अवस्था सुनिश्चित गरेर मात्र मोडिनुहोस् ।
३. अचानक मोडिने वा स्याट्टै बाटो काट्ने बानी त्याग्नुहोस्
हतारमा अचानक सडक काट्दा मुख्य सडकमा तीव्र गतिमा आइरहेका सवारीले आकस्मिक ब्रेक लगाउनुपर्ने हुन्छ । यसले गर्दा पछाडिबाट आउने अन्य सवारीहरू एकआपसमा ठोक्किने (Rear-end Collision) जोखिम उच्च रहन्छ । सडकमा छिर्दा सधैँ बिस्तारै र निश्चित कोणमा मात्र प्रवेश गर्नुहोस् । हतारमा स्याट्टै सडक काट्दा पछाडिबाट आउने सवारीलाई प्रतिक्रिया दिने समय मिल्दैन । यस्तो बानीले ठक्करको सम्भावना अत्यधिक बढाउँछ ।
४. चोक र तीखा मोड (Blind Spots) मा सतर्कता
धेरैजसो दुर्घटनाहरू चोक र त्यस्ता मोडहरूमा हुन्छन् जहाँबाट अर्को दिशाको सवारी देखिँदैन । चोक वा मोड नजिकिँदै गर्दा गति घटाउनुहोस् र दृष्यता (भिजिविलिटी) कम भएको ठाउँमा हर्नको प्रयोग गरी आफ्नो उपस्थितिको जानकारी दिनुहोस् । उच्च गतिमा मोड्दा सवारीको सन्तुलन बिग्रने र दुर्घटना हुने खतरा सधैँ रहन्छ ।
५. बालबालिका र संवेदनशील क्षेत्रमा बढी सतर्कता
बालबालिका साथमा हुँदा अझ संयमित भएर सवारी चलाउनुहोस् । अचानक ब्रेक वा मोडले उनीहरूलाई गम्भीर शारीरिक चोट पुर्याउन सक्छ । विद्यालय क्षेत्र, अस्पताल, बजार वा आवासीय इलाकामा सधैं कम गतिमा र उच्च सतर्कताका साथ सवारी चलाउनुहोस् ।
६. प्राथमिकताको नियम बुझौँ
कानुनी रूपमा मुख्य सडकमा चलिरहेका सवारीलाई पहिलो प्राथमिकता हुन्छ । शाखा सडकबाट आउनेले जहिले पनि मुख्य सडकका सवारीलाई बाटो छोड्नुपर्छ । तर, 'पहिले म निस्कन्छु' भन्ने भन्ने अहम् त्याग्नुहोस् । सडकमा तपाईंको अधिकार मात्र होइन, जिम्मेवारी पनि छ । मुख्य सडकमा निस्कँदा तपाईंले दिने ५ सेकेन्डको धैर्यताले कसैको जीवनभरको खुसी जोगाउन सक्छ ।
७. धैर्य र अनुशासन अपनाउनुहोस्
छिटो पुग्ने हतारोले जोखिम बढाउँछ । केही सेकेन्ड बचाउन खोज्दा जीवनभरको क्षति हुन सक्छ । धैर्य नै सुरक्षित यात्राको आधार हो ।
सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी होइन, यो हरेक चालकको नैतिक र कानुनी दायित्व हो । शाखा सडकबाट निस्कँदा देखाउने संयमता, समयमै दिइने सही संकेत र परिस्थतिको सही मूल्यांकनले धेरै दुर्घटना रोक्न सकिन्छ । याद राख्नुहोस्, घरमा तपाईंको कोही पर्खिरहेको छ । त्यसैले, गतिमा भन्दा सुरक्षामा विश्वास गरौँ ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
प्रमुख - जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी...
नेपालमा भित्र्याए पछि विभिन्न प्रदेशमा सवारी साधन दर्ता गर्न सकिने...
कहिलेकाहिं उकालो ठाउँमा पनि सवारीको स्टार्ट बन्द हुन सक्छ । यसरी बन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...