किन कारभित्र संगीत घरभन्दा राम्रो सुनिन्छ? वैज्ञानिक कारणले खुलायो रोचक रहस्य

अहिले धेरै मानिसहरूमा एउटा समान अनुभव देखिन्छ, घरमा सामान्य लागेको गीत कारभित्र भने निकै स्पष्ट र आकर्षक सुनिन्छ। महँगो घरेलु साउन्ड सिस्टम हुँदा हुँदै पनि कारमा संगीत सुन्न रुचाउनेहरूको संख्या बढ्दो छ। यो केवल संयोग होइन, यसको पछाडि कारको डिजाइन, इन्जिनियरिङ र आधुनिक प्रविधिको महत्वपूर्ण भूमिका रहेको तथ्य सार्वजनिक भएको छ।

रिपोर्टका अनुसार घर र कार्यालय मुख्यतः बस्न र काम गर्नका लागि डिजाइन गरिएका हुन्छन्, जहाँ साउन्ड म्यानेजमेन्टलाई प्राथमिकता दिइँदैन। कोठाभित्र रहेका कुर्सी, टेबल, दराज र खाली भित्ताहरूले साउन्ड परावर्तन गरी विकृति उत्पन्न गर्न सक्छ । तर कारको भित्री भाग भने साउन्ड गुणस्तरलाई ध्यानमा राखेर तयार गरिन्छ । इन्जिनियरले स्पिकरको दिशा, सिटको संरचना र ड्यासबोर्डको डिजाइनलाई यसरी मिलाउँछन् कि साउन्ड स्पष्ट र सन्तुलित रूपमा सुनियोस्।

कारमा स्पिकरको स्थान निर्धारण पनि अत्यन्तै वैज्ञानिक ढङ्गले गरिन्छ। घरमा प्रायः उपलब्ध स्थान अनुसार स्पिकर राखिन्छ भने कारमा चालक र यात्रु कहाँ बस्छन् भन्ने आधारमा स्पिकरहरू फरक–फरक कोणमा जडान गरिन्छ। यसले साउन्ड सिधै कानसम्म सही समयमा पुग्ने बनाउँछ र चारैतिरबाट आएको जस्तो अनुभव दिलाउँछ।

साथै, कारको क्याबिनले बाहिरी आवाजलाई धेरै हदसम्म रोक्ने काम गर्छ। सडकको आवाज, हावा र अन्य बाह्य साउन्ड कम सुनिने भएकाले म्युजिक अझ स्पष्ट र सुक्ष्म रूपमा महसुस गर्न सकिन्छ। कारभित्रको यो शान्त वातावरणले साना–साना साउन्डलाई समेत स्पष्ट रूपमा प्रस्तुत गर्छ।

आधुनिक कारमा प्रयोग हुने सफ्टवेयर र प्रविधिले पनि साउन्डको गुणस्तरलाई अझ राम्रो बनाइएको हुन्छ। कारमा इक्वलाइजेशनलाई कारको डिजाइन अनुसार पहिले नै मिलाइएको हुन्छ ।  त्यस्तै डल्बी एटमस जस्तो उन्नत प्रविधि प्रयोग गर्दा कारभित्रको म्युजिक अनुभव अझ जीवन्त हुन्छ।

कारको सानो तर राम्रोसँग डिजाइन गरिएको क्याबिन, स्पिकरको सही स्थान, बाहिरी आवाजको नियन्त्रण र उन्नत प्रविधिको संयोजनले गर्दा कारभित्र म्युजिक सुन्ने अनुभव घरको तुलनामा अझ उत्कृष्ट बन्ने गरेको निष्कर्ष निकालिएको छ।

सम्बन्धित समाचारहरू

विन्डस्क्रिनमा जम्मा भएको वाफ हटाउन यसो गरौ

विन्डस्क्रिनमा जम्मा भएको वाफ हटाउन यसो गरौ

सवारी ड्राइभिङ गर्दा आवश्यक परेको बेलामा वाइपर चलाउनु स्वाभाविकै हो ।...

ट्रयाक्सन कन्ट्रोल भनेको के हो? कसरी काम गर्छ र यो किन महत्त्वपूर्ण सेफ्टी फिचर हो ?

ट्रयाक्सन कन्ट्रोल भनेको के हो? कसरी काम गर्छ र यो किन महत्त्वपूर्ण सेफ्टी फिचर हो ?

के तपाईंलाई थाहा छ ट्रयाक्सन कन्ट्रोल भनेको के हो? कारमा सेफ्टी फिचरको...

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...