छपाइ सकिएका ड्राइभिङ लाइसेन्स जिल्ला जिल्लामा पठाइँदै

काठमाडौं - यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हरू सम्बन्धित जिल्ला कार्यालयहरूमा पठाउने काम तीव्र गतिमा भइरहेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रबाट प्राप्त भएका लाइसेन्सहरूलाई सम्बन्धित यातायात कार्यालयहरूमा छिटो वितरण गर्ने प्रक्रिया अघि बढाइएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार सेवाग्राहीले आफूले आवेदन दिएको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्नसक्ने जनाइएको छ । यसका लागि विभागले लाइसेन्स प्राप्त भएका कार्यालयहरूको सूची तयार पारी आफ्नो वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टमार्फत जानकारी दिन थालेको छ । 

विभागले अन्तिम पटक नवीकरण गरेका वा ट्रायल पास गरेका व्यक्तिहरूलाई लाइसेन्स पाउन सोही यातायात कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत दैनिक करिब ६० हजार प्रतिसम्म लाइसेन्स छाप्ने लक्ष्यसहित काम अगाडि बढाएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बाँकी रहेका करिब २९ लाख प्रति लाइसेन्स छापिसक्ने योजना रहेको विभागले उल्लेख गरेको छ ।

यसका साथै, वैदेशिक रोजगारीमा जानेहरूका लागि ‘अत्यावश्यक’ वर्गमा परेका लाइसेन्सहरूलाई प्राथमिकतामा राखी वितरण भइरहेको र नयाँ ट्रायल पास गर्नेहरूका लागि राजश्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक...

सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

काठमाडौं — यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख...

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट भयो सुरुवात

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट भयो सुरुवात

काठमाडौं – अबदेखि सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...