विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने
मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा...
बार्षिक परिक्षाको समाप्ती तथा गर्मीको मौसम सुरु भएसँगै विद्यालयहरूमा बिदा हुन्छ । शनिबार र आइतबारको अतिरिक्त बिदाले अभिभावकहरूलाई परिवारसँग घुमघाम गर्ने राम्रो अवसर मिल्छ । तर, यस्तो समयमा देखिने एउटा चिन्ताजनक प्रवृत्ति भनेको साना बालबालिकालाई मोटरसाइकलको ट्यांकीमा राखेर यात्रा गराउने हो । धेरैजसो अवस्थामा बालबालिकालाई न हेल्मेट लगाइन्छ, न आँखाको सुरक्षा गर्ने चश्मा नै प्रयोग गरिन्छ । यसले उनीहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्छ ।
मोटरसाइकल दुई पाङ्ग्रे सवारी साधन भएकाले पूर्ण रूपमा सन्तुलनमा निर्भर हुन्छ । ट्यांकीमा राखिएको बच्चा अचानक हल्लिँदा वा डराउँदा चालकको ध्यान विचलित हुन सक्छ, जसले दुर्घटनाको सम्भावना बढाउँछ । साथै, साना बालबालिकाको शारीरिक क्षमता र प्रतिक्रिया कमजोर हुने भएकाले आकस्मिक अवस्थामा आफूलाई जोगाउन सक्दैनन् ।
गर्मीमा सडकमा धुलो अत्यधिक उड्ने गर्दछ । निर्माणाधीन सडक, बालुवा, सिमेन्ट तथा ढुङ्गा बोकेका सवारीसाधन, र तीव्र हावाले उडाएका कणहरू बालबालिकाको आँखामा सिधै पर्न सक्छन् । यस्ता कणहरू मोटरसाइकलको गतिका कारण गोलीजस्तै तीव्र रूपमा आँखामा ठोक्किन सक्छन्, जसले संक्रमण, एलर्जी, घाउ वा दीर्घकालीन दृष्टि समस्यासमेत निम्त्याउन सक्छ ।
त्यसैले, मोटरसाइकलमा बालबालिका बोकेर यात्रा गर्दा निम्न सुरक्षा सावधानीहरू अनिवार्य रूपमा अपनाउनु आवश्यक छ :
१. ट्यांकीमा बसाल्ने घातक बानी
धेरै अभिभावकले सजिलोको लागि बच्चालाई ट्यांकीमा बसाउनुहुन्छ । यसरी बसाल्नु अत्यन्त खतरनाक हुन्छ । यसले ह्यान्डल मोड्न, ब्रेक लगाउन र सन्तुलन कायम गर्न बाधा पुर्याउँछ । त्यसैगरी गर्मीमा ट्यांकी र इन्जिन धेरै तातो हुने भएकाले बच्चाको संवेदनशील छाला पोल्न सक्छ । अचानक ब्रेक लगाउँदा बच्चा अगाडि हुत्तिएर टाउको वा छातीमा गम्भीर चोट लाग्न सक्छ । त्यसैले, सकेसम्म यस्तो अभ्यास नगर्नुहोस् र आवश्यक परेमा बच्चालाई पछाडि सुरक्षित रूपमा मात्र बसाल्नुहोस् ।
२. आँखाको सुरक्षा र चश्माको प्रयोग
बालबालिकालाई उचित साइजको हेल्मेट र सुरक्षात्मक चश्मा (गोगल्स) अनिवार्य रूपमा लगाउनुहोस् । यसले टाउको मात्र होइन, मोटरसाइकलको गतिमा रहँदा गोली (Projectile) झैं आँखामा बज्रिने धुलो, किराफट्याङ्ग्रा तथा साना कणहरूबाट जोगाउँछ । हेल्मेट र चश्मालाई फेसन नभई सुरक्षाको आधारका रूपमा लिनु आवश्यक छ ।
३. उपयुक्त पोसाक र बस्ने तरिका
बच्चालाई सधैं सुरक्षित रूपमा पछाडि बसाल्नुहोस् । सकेसम्म दुई वयस्कबीचमा बसाल्ने वा सेफ्टी बेल्ट (Safety Harness) प्रयोग गर्नु राम्रो हुन्छ । गर्मी छ भन्दैमा शरीर खुला रहने कपडा नलगाई, पातलो तर पूरा बाहुला भएको सुती कपडा प्रयोग गराउनुहोस्, जसले धुलो र हावाबाट जोगाउँछ ।
४. निर्माण सामग्री र ठूला सवारीबाट साबधानी
निर्माणाधीन सडक वा बालुवा, ढुङ्गा बोकेका टिपर/ट्रयाक्टरको पछाडि बस्दा त्यसले उडाएको धुलो र गिटीले बच्चालाइ चोट पुर्याउन सक्छ । अतः यस्ता सवारी साधनको पछि नलाग्नुहोस् । सधैं सुरक्षित दूरी कायम गर्नुहोस् र त्यस्ता क्षेत्रमा गति कम गर्नुहोस् ।
५. चालकको जिम्मेवारी र सावधानी
मोटरसाइकल चलाउँदा मोबाइल प्रयोग नगर्नुहोस्, अनावश्यक ओभरटेक नगर्नुहोस् र मादक तथा लागू पदार्थ सेवन गरेर सवारी नचलाउनुहोस् । बालबालिका बोकेको अवस्थामा अझ बढी सजग, संयमित र जिम्मेवार बन्नु आवश्यक हुन्छ ।
६. गर्मी र लु (Heatstroke) बाट बचाउ
चर्को घाममा लामो यात्रा गर्दा बालबालिकामा डिहाइड्रेसन वा सनस्ट्रोक हुन सक्छ । यात्रा अघि र बीचमा प्रशस्त पानी वा झोलिलो पदार्थ दिनुहोस् । सकेसम्म दिउँसोको कडा घाममा यात्रा नगर्नुहोस् ।
७. ट्राफिक नियम र आपतकालीन तयारी
ट्राफिक नियमहरूको पालना गर्नु अभिभावकको कर्तव्य हो । साथै, सानो प्राथमिक उपचार सामग्री साथमा राख्नु र आकस्मिक अवस्थाको तयारी गर्नु पनि आवश्यक हुन्छ ।
तपाईँको सानो सावधानीले ठूलो दुर्घटना टार्न सक्छ । मोटरसाइकलमा बालबालिका बोक्दा सुरक्षा सामग्रीलाई बोझ होइन, जीवन रक्षाको अनिवार्य सर्त रुपमा लिनुहोस । रमाइलो यात्रा तब मात्र सार्थक हुन्छ, जब हामी सुरक्षित घर फर्कन्छौँ ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
प्रमुख-जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा...
काठमाडौं – सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...
काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...