जुम्ला-जाजरकोट सुरुङ्गमार्ग निर्माण हुँदै
सुर्खेत – जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ ।...
काठमाडौँ- काठमाडौँ उपत्यकामा हिजाेदेखि रात्रिकालिन बस सेवा सुरु गरिएको छ।
साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।
पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ।
यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ। सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ।
यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ। साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ।
यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको बताइएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
सुर्खेत – जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ ।...
काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका ५ वटा बाइकसहित दुई जनालाई...
काठमाडौं – गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...