एमजी मोटर इन्डियमा लगानी थप्दै जेएसडब्लु समुह, अर्को वर्ष कमर्सियल ईभी ल्याउने
जेएसडब्लु समूहले एमजी मोटर इन्डियामा आफ्नो हिस्सेदारी बढाउने भएको छ ।...
जेएसडब्ल्यू एमजी मोटर इन्डियाको नयाँ स्पोर्ट्स युटिलिटी भेइकल एमजी म्याजेस्टरले असाधारण प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यसले जम्मू कश्मीरको रेलमार्गमा ४०६.४ टन तौल भएको रेललाई ३०० फिटसम्म तानेर इतिहास रचेको हो । यसअघि रहेको ४०० टन र १०० फिटको मापदण्डलाई सजिलै पार गर्दै म्याजेस्टरले आफ्नो शक्ति र क्षमताको प्रभावशाली प्रदर्शन गरेको छ।
यो उपलब्धि जम्मू कश्मीरको काकापोरा र अवन्तीपोरा रेल स्टेसनबीचको सुरक्षित ट्र्याकमा हासिल गरिएको हो। परीक्षणका क्रममा प्रयोग गरिएको रेलमा डब्ल्यूएजी–९ एचसी लोकोमोटिभ र यात्रु बोगीहरू समावेश थिए। सबैभन्दा उल्लेखनीय कुरा के छ भने यो कीर्तिमान कुनै विशेष परिमार्जन नगरिएको साधारण उत्पादन मोडलबाट कायम गरिएको हो।
एमजी म्याजेस्टर पूर्ण आकारको सात सिटे स्पोर्ट्स युटिलिटी भेइकल हो, जसमा २.० लिटर ट्विन टर्बो डिजेल इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। गाडीमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन, फोर ह्विल ड्राइभ सिस्टम, १० प्रकारका अफ रोड मोड तथा अगाडि, पछाडि र सेन्टरमा डिफरेन्सियल लकको सुविधा दिइएको छ ।
यसको लम्बाइ ५०४६ एमएम, ह्विलबेस २९५० एमएम र २१९ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा आकर्षक फ्रन्ट ग्रिल, एलईडी लाइट, १२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठुलो डिजिटल ड्राइभर डिस्प्ले, अगाडिको सिटमा ८ प्रकारको मसाज सुविधा, ड्युअल वायरलेस चार्जिङ, प्यानोरामिक सनरुफ, ६ एयरब्याग तथा एडभान्स ड्राइभ असिस्ट सिस्टमजस्ता आधुनिक फिचरले सो गाडीलाई प्रिमियम स्तरमा उभ्याएको छ।
जेएसडब्लु समूहले एमजी मोटर इन्डियामा आफ्नो हिस्सेदारी बढाउने भएको छ ।...
भारतमा एमजी ईभीको सबैभन्दा ठूलो बजार दक्षिण भारत रहेको एक तथ्यांकले...
चिनियाँ अटो निर्माता एसएआईसीले जेएसडब्लु मोटर इण्डियामा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...