इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

हाल नेपालमा इन्जिन भएका सवारी साधनलाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्ने विषयमा व्यापक बहस र चासो बढ्दै गएको छ। इन्धनको बढ्दो मूल्य, वातावरणीय प्रदूषण र दिगो ऊर्जातर्फको आवश्यकताका कारण यस्तो रूपान्तरणलाई भविष्यको विकल्पका रूपमा हेरिएको छ। केहीले यसलाई लागत बचत र वातावरणमैत्री समाधान मानिरहेका छन् भने अर्कोतर्फ प्राविधिक चुनौती, सुरक्षा मापदण्ड र सरकारी नीतिको स्पष्टता आवश्यक रहेको कुरा पनि उठिरहेको छ।

इन्जिन भएको गाडी लाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरूलाई यस प्रकार उल्लेख गर्न सकिन्छ ।

रूपान्तरण गर्ने गाडीको छनोट र योजना
 गाडीको च्यासिस वा बडीले ब्याट्रीको वजन सहज रूपमा धान्न सक्छ कि सक्दैन भन्ने सुनिश्चित गर्नुपर्दछ ।
 ब्याट्री र मोटर जडानका लागि पर्याप्त ठाउँ उपलब्ध हुनुपर्छ।
 सानो र म्यानुअल गाडी रूपान्तरणका लागि बढी उपयुक्त हुन्छ।

ब्याट्री प्रणाली (सबैभन्दा महत्वपूर्ण )
 प्रायः लिथियम आयन प्रकारका ब्याट्रीहरू प्रयोग गर्न उपयुक्त हुन्छ । ब्याट्रीको क्षमता (किलोवाट आवर) अनुसार गाडीले पार गर्ने दुरी अर्थात निर्धारण हुन्छ।
 सुरक्षाका लागि बीएमएस अर्थात ब्याट्री म्यानेजमेन्ट सिस्टम अनिवार्य हुन्छ ।
 उचित कुलिङ प्रणाली र मजबुत टिकाउ जडान अत्यन्त आवश्यक हुन्छ।

इलेक्ट्रिक मोटर छनोट
 मोटर बढी प्रभावकारी र भरपर्दो हुन जरुरी छ ।
 गाडीको साइज र तौल अनुसार मोटरको क्षमता मिलाउनु पर्छ।
 मोटर सही र मजबुत माउन्टिन प्रयोग गरी उपयुक्त तरिकाले जडान गरिएको हुनुपर्छ।

आवश्यक मोटर कन्ट्रोलर र इलेक्ट्रोनिक पार्ट्स
 गाडीको गति र टर्क नियन्त्रणको लागि मोटर कन्ट्रोलर ।
 सानो १२ भोल्टको ब्याट्री चार्ज गर्न डीसी–डीसी कन्भर्टर ।
 मोटरको लागि डीसी टु डीसी गर्न कन्भर्टर ।
 विद्युतीय कन्ट्रोल कम्प्युटरहरु ।

ट्रान्समिसन गियर प्रणाली
 पुरानो गियरबक्स राख्न सकिन्छ, जुन सजिलो विकल्प हुन सक्छ ।
 डाइरेक्ट ड्राइभ पनि प्रयोग गर्न सकिन्छ, तर यो अलि जटिल हुन्छ।

चार्जिङ प्रणाली
 चार्जिङ पोर्ट गाडीको बडीमा सुरक्षित र पानी नछिर्ने ठाउँमा जडान गर्नुपर्छ।
 पोर्टको जडान तथा प्रयोग गर्न सजिलो (जस्तैः फ्युल लिड नजिक) हुनुपर्छ ।
 हाई भोल्टेज केबलहरू राम्रोसँग इन्सुलेसन गरेर सुरक्षित रुटिङ गर्नुपर्छ।
 चार्जिङ गर्दा सेफ्टीका लागि इन्टरलक सिस्टम राख्नुपर्छ (प्लग नलगाई गाडी नचल्ने)।
 पोर्ट वरिपरि डस्ट र वाटर प्रोटेक्सन (आईपी रेटिङ) राम्रो हुनुपर्छ।
 चार्जिङ इन्डिकेन्टर लाइट वा डिस्प्ले राख्दा प।योगकर्तालाई सहज हुन खालको हुनुपर्छ ।

इलेक्ट्रिकल जडान
 सम्पूर्ण वायरिङ नयाँ र सुरक्षित रूपमा गर्नुपर्छ।
 ड्यासबोर्डमा ब्याट्री स्तर, गति आदि देखिने व्यवस्था मिलाउनु पर्छ।
 फ्युज, रिलेसँगै इमरजेन्सी स्विच जडान गर्नु अत्यावश्यक हुन्छ।

वजन सन्तुलन र सस्पेन्सन
 ब्याट्रीको वजनका कारण सन्तुलन मिलाउनु आवश्यक हुन्छ।
 आवश्यक परे सस्पेन्सन प्रणाली सुधार गर्नुपर्छ।

सुरक्षा र नियम
 उच्च भोल्टेज सुरक्षामा विशेष ध्यान दिनुहोस्।
 पानी र अत्यधिक तापक्रमबाट हुने सम्भावित खतराबाट सुरक्षाको सुनिश्चित आवश्इक हुन्छ ।
 नेपाल सरकारका सम्भावित निकायको नियमानुसार वा आवश्यक परीक्षण र अनुमति लिनुपर्ने जरुरी हुन्छ ।

लागत र व्यवहारिक पक्ष
 सबैभन्दा महँगो भाग ब्याट्री हुन्छ .
 मोटर, कन्ट्रोलर, चार्जर तथा हाई भोल्टेज वायर आदिमा थप खर्च हुन आउछ ।
 टोटल कन्भर्सन कस्ट गाडी र क्षमता अनुसार फरक हुन्छ ।
 भविष्यमा ब्याट्री फेर्नु परे ठूलो खर्च आउन सक्छ ।

कुलिङ प्रणाली
 ब्याट्री र मोटरलाई अत्यधिक तात्न नदिन कुलिङ प्रणाली आवश्यक हुन्छ ।
 न्यूनतम र अधिकतम तापक्रममा चलाउन सकिने मापदण्ड परीक्षण र निर्धारण हुनुपर्छ ।

परीक्षण र सेटिङ
 गाडी चलाएर पूर्ण रूपमा परीक्षण गर्नुपर्छ।
 गति, ब्रेक र दुरी (रेन्ज) राम्रोसँग जाँच गर्नुपर्छ।
 सबै खालको सम्भावित दुर्घटनाको जोखिम सुरक्षा मापदण्डलाई परीक्षण गरिनु जरुरी हुन्छ ।

सरकारले पुराना इन्जिन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने विषयमा चासो देखाएको सुनिन्छ। यो विषय सामान्य नभई अत्यन्तै गम्भीर भएकाले सरकारी पक्ष तथा सम्बन्धित निकायहरूले यसलाई दीर्घकालीन सोचसहित व्यवस्थित रूपमा अघि बढाउन आवश्यक छ। साथै, निजी क्षेत्रका व्यवसायीहरूलाई लगानी आकर्षित गर्ने खालको स्पष्ट र स्थिर नीति निर्माण गर्नु अपरिहार्य देखिन्छ।

यस योजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नु अघि केही परीक्षण पाइलट प्रोजेक्ट सञ्चालन गरी त्यसको परिणामका आधारमा मात्र विस्तृत रूपमा लागू गर्नु उपयुक्त हुनेछ। रूपान्तरणका लागि आवश्यक धेरैजसो र महँगा पार्टपुर्जा विदेशबाट आयात गर्नुपर्ने देखिएकाले व्यवसायिक तथा आर्थिक पक्षबाट पनि गहिरो विश्लेषण गरेर मात्र अगाडि बढ्नु आवश्यक छ।

इन्जिन गाडीलाई ईभीमा रूपान्तरण गर्दा आवश्यक पर्ने पार्टपुर्जा तथा भविष्यमा सेवा–मर्मतका लागि आयात गर्नुपर्ने सामग्रीको लागत, हालको डिजेल÷पेट्रोल प्रणालीभन्दा महँगो पर्न सक्ने सम्भावना छ। त्यसैले यस विषयमा लागत–लाभ विश्लेषण अनिवार्य रूपमा गरिनु पर्दछ।

शुरुवाती चरणमा कम गतिमा चलाउने खालको अर्थात ३० देखि ४० किलोमिटर प्रतिघण्टा गति सम्मका गाडीहरु मात्र परीक्षणको रुपमा रुपान्तरण गर्नु राम्रो हुन्छ, जुन सहर केन्द्रित ट्याक्सीको रुपमा प्रयोग गर्न सकियोस् ।

लोकप्रियता प्राप्त गर्ने हतारोभन्दा दीर्घकालीन र दिगो योजनामा ध्यान दिनु आवश्यक छ। नेपालमा विद्युत् प्रयोग बढ्नु सकारात्मक पक्ष भए पनि रूपान्तरणका लागि आवश्यक अधिकांश महँगा उपकरण विदेशबाट आयात गर्नुपर्दा समग्र रूपमा आर्थिक लाभ कति हुन्छ भन्ने विषयमा गम्भीर मूल्यांकन आवश्यक छ। नयाँ ईभी सवारीसाधन आयात गर्ने लागत र पुराना गाडी रूपान्तरण गर्ने लागतबीचको तुलनात्मक अध्ययन पनि अपरिहार्य देखिन्छ।

एनक्याप जस्ता सवारी सुरक्षा परीक्षणहरू, क्र्यास टेस्ट, ब्रेकिङ परीक्षण, ब्याट्री सुरक्षा परीक्षण आदि सुरक्षाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ। नेपालमा यस्ता गाडी कसरी सञ्चालन गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ। यसका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति तथा प्रमाणीकरणका मापदण्ड सरकारद्वारा कसरी विकास गर्ने भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ।

अन्त्यमा, नेपालमा रूपान्तरण गरिएका सवारीसाधनहरू भविष्यमा भारत वा अन्य देशहरूमा निर्यात गर्न सकिने हो वा होइन भन्ने विषय पनि विचार गर्नुपर्छ। यसले दीर्घकालमा नेपालको अर्थतन्त्रलाई सहयोग पुर्याउँछ वा गर्दैन भन्ने पक्षमा स्पष्ट रणनीति बनाउनु आवश्यक देखिन्छ।

धन्यवाद

केपी पोख्रेल

pokhrelk123@gmail.com

सम्बन्धित समाचारहरू

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

काठमाडौं – प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार...

प्रशस्तै नगद छुटमा बिक्री भइरहेका छन् इलेक्ट्रिक स्कुटर, रोजाइमा छन् एकसेएक ब्रान्ड

प्रशस्तै नगद छुटमा बिक्री भइरहेका छन् इलेक्ट्रिक स्कुटर, रोजाइमा छन् एकसेएक ब्रान्ड

नेपाली अटो बजारमा अहिले इलेक्ट्रिक सवारीसाधन सर्वाधिक चर्चाको विषय...

टाटा पन्च ईभीको फेसलिफ्ट भर्सन सार्बजनिक, यस्तो छ विशेषता

टाटा पन्च ईभीको फेसलिफ्ट भर्सन सार्बजनिक, यस्तो छ विशेषता

टाटाले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...