ग्रेटवाल गाडीको खरिदमा ७ लासम्म फाइदा, ओरा–०३ किन्दा ७ किलोवाटको चार्जर निशुल्क
काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स...
हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक डिजाइन इलिमेन्ट सहित उपलब्ध हुने समाचार सार्वजनिक भएको केही दिनमै यसको पावरट्रेन र ब्याट्री प्याकको वारेमा समेत थप तथ्य सार्वजनिक भएको छ ।
क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । हुन्डाईलाई लिथियम–आयोन ब्याट्री प्याक ग्लोबल रुपमा उपलब्ध गराइरहेको सप्लायर एलजीकेमले सो ब्याट्री उपलब्ध गराउनेछ ।
आईसीई इन्जिनमा उपलब्ध क्रेटाकै प्लेटफर्मलाई केही मोडिफिकेसन गरेर क्रेटा ईभीको प्लेटफर्म बन्ने छ ।
यसमा प्रयोग गरिने इलेक्ट्रिक मोटर भने हाल विश्वव्यापी रुपमा उपलब्ध कोना ईभीकै जस्तो हुनेछ । यसले १३८ एचपी पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ ।
आगामी सन् २०२४ को मध्य भन्दा पछि हुन्डाई क्रेटा ईभी सार्वजनिक हुने अनुमान गरिएको छ । यसको मूल्य भने सन् २०२५ मा मात्र सार्वजनिक हुन सक्छ ।
बजारमा उपलब्ध भएमा हुन्डाई क्रेटा ईभीले एमजी जेडएस ईभी र मारुती ईभीएक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स...
नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...
चिनियाँ सवारी साधन बजार विश्वकै लागि चासोको विषय बन्छ । पछिल्लो समयमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...