४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक डिजाइन इलिमेन्ट सहित उपलब्ध हुने समाचार सार्वजनिक भएको केही दिनमै यसको पावरट्रेन र ब्याट्री प्याकको वारेमा समेत थप तथ्य सार्वजनिक भएको छ ।

क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । हुन्डाईलाई लिथियम–आयोन ब्याट्री प्याक ग्लोबल रुपमा उपलब्ध गराइरहेको सप्लायर एलजीकेमले सो ब्याट्री उपलब्ध गराउनेछ ।

आईसीई इन्जिनमा उपलब्ध क्रेटाकै प्लेटफर्मलाई केही मोडिफिकेसन गरेर क्रेटा ईभीको प्लेटफर्म बन्ने छ ।

यसमा प्रयोग गरिने इलेक्ट्रिक मोटर भने हाल विश्वव्यापी रुपमा उपलब्ध कोना ईभीकै जस्तो हुनेछ । यसले १३८ एचपी पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ ।

आगामी सन् २०२४ को मध्य भन्दा पछि हुन्डाई क्रेटा ईभी सार्वजनिक हुने अनुमान गरिएको छ । यसको मूल्य भने सन् २०२५ मा मात्र सार्वजनिक हुन सक्छ ।

बजारमा उपलब्ध भएमा हुन्डाई क्रेटा ईभीले एमजी जेडएस ईभी र मारुती ईभीएक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

काठमाडौं – नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ख्याल गर्न भन्दै...

हेलमार्ब ब्राण्डका कमर्सियल ईभी नेपाल ल्याउँदै वेबोर ग्रुप, प्यासेन्जर र कार्गो भ्यान आउने

हेलमार्ब ब्राण्डका कमर्सियल ईभी नेपाल ल्याउँदै वेबोर ग्रुप, प्यासेन्जर र कार्गो भ्यान आउने

काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...