८०० किमी रेन्ज दिने बीएमडब्ल्यु आई३ ईभी अर्को वर्ष विश्व बजारमा लन्च हुने
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०२६ मा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा बीएमडब्ल्यु आईएक्स३ इलेक्ट्रिक कारले वर्ल्ड कार अफ द इयरको प्रतिष्ठित उपाधि जितेको छ। सो प्रतिस्पर्धामा निसान लिफ र हुन्डाई पालिसेड जस्ता इलेक्ट्रिक एसयूभी पनि समावेश थियो ।
बीएमडब्ल्यु आईएक्स३ हाल युरोप, अमेरिका र एसियाका प्रमुख बजारहरूमा बिक्रीका लागि उपलब्ध भइसकेको छ।
बीएमडब्ल्यु आईएक्स३ मा ८०० भोल्टको इलेक्ट्रिक आर्किटेक्चर र १०८.७ किलोवाट आवरको ठुलो ब्याट्री प्याक प्रयोग गरिएको छ । ड्युअल मोटर भएको एक्सड्राइभ५० भेरिएन्टले ४६० भन्दा बढी हर्सपावर उत्पादन गर्छ र गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न ४.९ सेकेन्ड लाग्छ । सो कार फुल चार्जमा करिब ६४० किलोमिटरको दूरी तय गर्न सक्छ । यसलाई अल्ट्रा फास्ट डीसी चार्जर प्रयोग गर्दा मात्र २१ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ।
गाडीको इन्टेरियर आधुनिक र आकर्षक छ । यसको ड्यासबोर्डमा प्यानोरामिक डिस्प्ले र १७.९ इन्चको ठुलो टचस्क्रिन राखिएको छ, जसले नेभिगेसन र मनोरञ्जनलाई सहज बनाउँछ। क्याबिनमा प्रिमियम फिनिसका साथै वातावरणमैत्री सामग्रीहरूको प्रयोग गरिएको छ। आरामदायी सिट, पर्याप्त बुट स्पेस र उन्नत कनेक्टिभिटी सुविधाले यात्रालाई अझ सहज बनाउँछ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधाहरू पनि समावेश गरिएको छ ।
सेफ्टीका हिसाबले पनि बीएमडब्ल्यु आईएक्स३ निकै अगाडि देखिन्छ । यसमा वर्ल्ड क्लास सेफ्टी र नेक्स्ट जेनेरेशन प्रविधि उपलब्ध छ, जसको मद्दतले गाडीबाट घरमा बिजुली आपूर्ति गर्न वा अर्को इलेक्ट्रिक सवारी चार्ज गर्न सकिन्छ। साथै, इमरजेन्सी ब्रेकिङ, लेन किपिङ सिस्टमजस्ता एडभान्स ड्राइभर असिस्ट फिचरले यात्रालाई सुरक्षित बनाउँछ । गाडीको एयरोडायनामिक डिजाइनका कारण राम्रो स्टेबिलिटी र लामो रेन्ज सुनिश्चित गर्न पनि सहयोग पुर्याउँछ ।
उच्च प्रविधि, शक्तिशाली प्रदर्शन र दूरी क्षमताको संयोजनका कारण बीएमडब्ल्यु आईएक्स३ले २०२६ को वर्ल्ड कार अफ द इयर अवार्डको उपाधि जित्दै इलेक्ट्रिक सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ।
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...
बीएमडब्ल्युले चाँडै नै भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने...
काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...