बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं–ट्राफिक प्रहरीले आज बिहान मादक पदार्थ सेवन (मापसे) परीक्षणको क्रममा १६ जना चालकलाई कारबाही गरेको छ ।

विशेष अभियानको क्रममा आज बिहान सप्राईज चेकिङ गर्दा मापसे गरेर सवारी साधन चलाएको आरोपमा १६ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्वजनिक बस, टेम्पो, माइक्रो वस, स्कुल बस र भ्यान गरेर ११ वटा तथा, दुई वटा निजी कार, ट्याक्टर, मोटरसाइकल र स्कुटर एक–एक गरि १६ वटा साधनका चालकलाई कारबाही गरिएको हो ।

यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकले नै मापसे गरेर चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय भएकोले त्यस्तो नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

आफूले यात्रा गरेको सवारीसाधनमा चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...