एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

काठमाडौँ – यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकलले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ, जसका कारण आधिकारिक लन्च भएको एक हप्तामै यो मोडलका सबै युनिट बिक्री भएका छन्।

हालै प्रस्तुत गरिएको एफजेडएस एफआई हाइब्रिडले नेपालमा हाइ–टेक इनोभेसन सहितका नयाँ पुस्ताको मोटरसाइकलिङ भित्र्याएको छ। देशकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा लन्च भएको यो मोडललाई प्रदर्शन र दक्षता सँगसँगै अघि बढ्ने भविष्य तर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको कम्पनीको भनाइ छ।

एफजी लिगेसीमा आधारित यस मोडललाई पावर, सुधारिएको इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको छ। यसले बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक जस्ता मुख्य चुनौतीहरूलाई सम्बोधन गर्दछ।

उन्नत प्रविधिबाट सुसज्जित नयाँ एफजेड हाइब्रिडले चर्चित एफजी लिगेसीलाई निरन्तरता दिँदै थप शक्तिशाली प्रदर्शन, स्मार्ट कार्यक्षमता र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ, जसले यसलाई नेपालकै सबैभन्दा बढी माइलेज दिने मोटरसाइकल बनाएको छ।

प्रविधिप्रति बढ्दो आकर्षण र राइडरहरूको आजको माइलेज आवश्यकतालाई ध्यानमा राख्दा, यस मोटरसाइकलले प्राप्त गरेको प्रतिक्रिया अत्यन्तै सकारात्मक देखिएको छ, जसले छोटो समयमै यसले बलियो बजार स्वीकार्यता प्राप्त गरेको प्रमाणित गरेको बताइएको छ।

यो उल्लेखनीय सफलतापछि यामाहा नेपालले एफजेडएस एफआई हाइब्रिडको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरिएको आधिकारिक रूपमा घोषणा गरेको छ। ग्राहकहरूले प्रि–बुकिङ प्रक्रियासम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन्। कम्पनीले उच्च मागलाई ध्यानमा राख्दै नयाँ स्टक चाँडै उपलब्ध गराइने र इच्छुक ग्राहकहरूलाई समयमै डेलिभरी सुनिश्चित गरिने जनाएको छ।

यस उपलब्धिबारे बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “आजको राइडिङ वातावरणमा प्रविधि र माइलेजको महत्व बढिरहेको सन्दर्भमा प्राप्त प्रतिक्रियाहरू अत्यन्तै उत्साहजनक छन्। यसले यामाहाको दृष्टिकोण र उत्पादनप्रति ग्राहकहरूले देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी ग्राहकहरूको विश्वास र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।” उनले कम्पनी नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन र व्यवहारिक यातायात समाधानहरू ल्याउन प्रतिबद्ध रहने पनि बताए।

सम्बन्धित समाचारहरू

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

काठमाडौं – भृकुटीमन्डपमा जारी यामाहा महा एक्सचेन्ज मेला आज पाँचौ दिनमा...

कमब्याक गर्दै यामाहा आरएक्स१०० : तर कहिले ?

कमब्याक गर्दै यामाहा आरएक्स१०० : तर कहिले ?

कुनै समयमा लोकप्रिय रहेको बाइक आरएक्स१०० यामाहाले फेरि बजारमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...