यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत
यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...
काठमाडौं–यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ । ४ लाख ९० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको यामाहा एफजेडएस हाइब्रिडले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको वताइएको छ ।
एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकल सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल हो । यो बलियो विरासतलाई निरन्तरता दिँदै यामाहाले प्रमाणित १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ ।
यो नेक्स्ट–जेनेरेशन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्दछ । साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ ।
विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्छ, जसले नेपालको जस्तो बदलिँदो यातायात आवश्यकताका लागि आधुनिक र व्यवहारिक समाधान दिने दाबी गरिएको छ ।
नेपालभर इन्धनको मूल्यका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधिलाई दैनिक आवागमनका लागि एक अग्रगामी समाधानका रूपमा हेरिएको छ । परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री–असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६० किलोमिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।
कार्यक्रममा बोल्दै विष्णु कुमार अग्रवालले यामाहाको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरे । “यो अनावरण नेपालमा यामाहाका लागि एक महत्वपूर्ण पाइला हो । हामी मोटरसाइकल सेगमेन्टमा हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेका छौं । यामाहा नेपाली राइडरहरूका लागि उन्नत विश्वस्तरीय प्रविधि ल्याउन प्रतिबद्ध छ” उनले भने ।
नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ । १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर–टु–वेट अनुपात प्रदान गर्छ ।
यसमा सिंगल–च्यानल बोश एबीएस, २२० एम एम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ । हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ मजवुत बनाउँदै साधारण मोटरसाइकलभन्दा फरक बनाएको छ ।
यस नयाँ मोटरसाइकलमा यामाहाको मौलिक डिजाइन शैली र आधुनिक सुविधाहरू पनि समावेश गरिएको छ । यसमा अलग–अलग हाई र लो बीम भएको एलईडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडशिप मफलर तथा इन्जिन अन्डर काउल उपलब्ध गराइएको छ । जसले सुरक्षा र स्पोर्टी लुक दुवै बढाउँनुको साथै नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र ईटुओ फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाले यसको भविष्य–उन्मुख डिजाइनलाई अझ स्पष्ट बनाएको छ ।
यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...
यामाहाले आफ्ना मध्यम साइजका लोकप्रिय मोटरसाइकल आर३ र एमटी०३ गोप्य रूपमा...
कुनै समयमा लोकप्रिय रहेको बाइक आरएक्स१०० यामाहाले फेरि बजारमा ल्याउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...