पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरा – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँगको सहकार्यमा बजाज अटो लिमिटेडले आज देखि प्रारम्भ भएको ‘वाडा अटो शो’ को दोस्रो संस्करणमा नयाँ इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गरेको छ। यो प्रदर्शनी पोखराको लेकसाइडस्थित तालबाराही चोकमा आज देखि प्रारम्भ भएको छ र आगामी १५ गते सम्म आयोजना हुनेछ।

गण्डकी प्रदेशकै प्रमुख अटोमोबाइल प्रदर्शनीको रूपमा रहेको वाडा अटो शोले पोखरेलीहरूलाई चेतक ईभीको प्रत्यक्ष अनुभव लिने सुनौलो अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ। स्टल नम्बर सी३२ मा अवस्थित बजाजको यस प्रदर्शनीले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको उत्कृष्ट संगमलाई प्रस्तुत गर्नेछ।

आगन्तुकहरूले चेतक ३५०१ लाई नजिकबाट नियाल्न पाउनुका साथै यसको मजबुत मेटल बडी, स्मार्ट टीएफटी डिस्प्ले र नेपालको विविध भौगोलिक अवस्था सुहाउँदो सुरक्षा विशेषताहरूको प्रत्यक्ष जानकारी लिन सक्नेछन्। सहभागीहरूले लेकसाइडको सुन्दर रुटमा टेस्ट राइडका लागि दर्ता गर्न सक्नेछन् र प्रदर्शनीस्थलमै बुकिङ गर्दा उपलब्ध हुने विशेष ’अन–द–स्पट’ अफरहरूको लाभ समेत लिन सक्नेछन्।

दिगो यातायातलाई विस्तार गर्ने बजाजको अभियानमा पोखराको यो प्रदर्शनी एक महत्वपूर्ण कोशेढुङ्गा साबित हुने विश्वास लिइएको कम्पनीको भनाइ छ।

यस अवसरमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘पोखरा सधैं परम्परा र प्रकृति दुवैलाई आत्मसात गर्ने सहरको रूपमा परिचित छ। वाडा अटो शोमा चेतक ३५०१ ल्याउनु भनेको यस सुन्दर सहरका लागि सुहाउँदो शान्त, प्रभावकारी र प्रतिष्ठित सवारी साधन उपलब्ध गराउनु हो। गण्डकी प्रदेशका बासिन्दाहरूले चेतक ईभीले कसरी आफ्नो गौरवमय विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ भन्ने अनुभव गर्न पाउने कुरामा हामी निकै उत्साहित छौं।’

उत्कृष्ट निर्माण गुणस्तर, आकर्षक डिजाइन र टिकाउपनको साथ बजाज चेतक ३५०१ वाडा अटो शो २०२६ को मुख्य आकर्षण बन्ने निश्चित भएको कम्पनीले बताएको छ।

सम्बन्धित समाचारहरू

यी हुन् सन् २०२२ का ५ उत्कृष्ट इलेक्ट्रिक बाइक र स्कुटर

यी हुन् सन् २०२२ का ५ उत्कृष्ट इलेक्ट्रिक बाइक र स्कुटर

सन् २०२२ मा बजारमा धेरै इलेक्ट्रिक स्कुटर र बाइकहरु लन्च भएका छन् । ती...

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...

कोमाकी नेपालले ल्यायो डबल ब्याट्री र धेरै रेन्ज भएको इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

कोमाकी नेपालले ल्यायो डबल ब्याट्री र धेरै रेन्ज भएको इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै कोमाकीको इलेक्ट्रिक स्कुटर उपलब्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...