हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने
हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...
हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय माइक्रो एसयूभी एक्स्टरको नयाँ २०२६ फेसलिफ्ट संस्करण भारतीय बजारमा लन्च गरेको छ । सन् २०२३ मा पहिलोपटक लन्च भएपछि सो मोडलमा गरिएको यो पहिलो ठुलो अपडेट हो ।
नयाँ एक्स्टरको लन्चसँगै यसको बुकिङ पनि खुला गरिएको छ। ग्राहकहरूले अनलाइन वा नजिकैको हुन्डाई शाेरुममार्फत बुकिङ गर्न सक्नेछन्, र यस महिनाको अन्त्यसम्म डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ। बजारमा यसले टाटा पन्च, मारुती सुजुकी भिटारा ब्रेजा र निसान म्याग्नाइटसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
डिजाइनको हिसाबले नयाँ एक्स्टरको फ्रन्टमा नयाँ बम्पर, कालो रेडिएटर ग्रिल र १५ इन्चका डायमण्ड कट अलोय ह्विल राखिएको छ । पछाडिको भागमा पुनः डिजाइन गरिएको टेलगेट र नयाँ विङ शैलीको स्पोइलरले यसको लुकलाई थप आधुनिक बनाएको छ । साथै, गोल्डेन ब्रोन्ज र टाइटेनियम ब्ल्याक म्याट जस्ता नयाँ रङ विकल्प पनि उपलब्ध गराइएको छ ।
कारको इन्टेरियरमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ । ड्युअल टोन नेभी र ग्रे थिम, थ्रीडी कार्बन प्याटर्न फिनिश भएको ड्यासबोर्ड, डी कट स्टेयरिङ ह्विल, मेटल प्याडल र फोल्डिङ ड्राइभर आर्मरेस्ट जस्ता फिचरले क्याबिनलाई प्रिमियम अनुभव दिन्छ ।
नयाँ एक्स्टरमा सेगमेन्टमै पहिलो पटक समावेश गरिएका केही विशेष सुविधाहरू पनि छन्। यसमा इनबिल्ट ड्यास क्याम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६० भन्दा बढी ब्लुलिङक कनेक्टिभिटी सुविधा र इन्टरनेट बिना सञ्चालन हुने ३०० भन्दा बढी भ्वाइस कमान्ड समावेश छ । साथै, इलेक्ट्रिक सनरुफ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र पछाडिका यात्रुका लागि टाइप सी युएसबी पोर्ट जस्ता फिचर समावेश छ ।
सेफ्टीका लागि यसमा ४५ भन्दा बढी सुविधाहरू समावेश गरिएको छ, जसमध्ये ३० वटा सबै भेरिएन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिस्ट जस्ता प्रविधि समावेश गरिएको छ ।
नयाँ एक्स्टरमा १.२ लिटर चार सिलिन्डर पेट्रोल इन्जिन राखिएको छ, जसले ८३ हर्स पावर उत्पादन गर्छ। कम्पनीले यस सेगमेन्टमा ४ सिलिन्डर इन्जिन दिने यो एकमात्र मोडल भएको दाबी गरेको छ। यो म्यानुअल र अटोमेटिक दुवै गियरबक्स विकल्पमा उपलब्ध हुनेछ। साथै, ड्युअल सिलिन्डर सीएनजी भेरिएन्ट पनि उपलब्ध छ, जसमा स्पेयर ह्विललाई गाडीको मुनि राखिएको छ र २२५ लिटरको बुट स्पेस उपलब्ध हुन्छ।
हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...
हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...