एमजी बिक्रेता पारामाउन्ट मोटर्सले निकाल्यो अर्को बिज्ञप्ती, तार सर्ट भएर नै आगलागि भएको जिकिर
काठमाडौं– एमजी जेडएस ईभीमा आगलागि घटानाले ठूलै रुप लिएपछि एमजी गाडीको...
एमजीले आफ्नो नयाँ विद्युतीय एसयूभी एमजी ४एक्स लिक्वड सोलिड ब्याट्रीका साथ आउने घोषणा गरेको छ । हालै डेब्यु गरिएको सो नयाँ एसयूभी एमजी ४ परिवारमा पहिलो शुद्ध विद्युतीय एसयूभी हुने जनाइएको छ ।
युवा अटो पारखीलाई मध्यनजर गरी तयार पारिने यस एसयूभीले असीमित सम्भावनाहरुको प्रतिनिधित्व गर्ने एसएआईसीको भनाइ छ । एमजी ४ कै डिजाइन ल्यांग्वेजलाई फलो गरी तयार पारिने सो नयाँ एसयूभीमा केही विशेष एलेमिन्टहरु भने थप हुनेछन् ।
फ्रन्ट फेसियालाई आकर्षक बनाउन एमजीले यसमा नयाँ थ्रु–टाइप लाइट बारसँग जोडिएको ब्रान्डको सिग्नेचर इल्युमिनेटेड लोगो दिएको छ । अगाडिको बम्परले ब्रान्डको स्पोर्टी लुक्सलाई सुदृढ पारेको छ ।
इन्टेरियरबारे विस्तृत जानकारी बाहिर नल्याएको एमजीले यस एसयूभीमा ओप्पेसँग मिलेर विकास गरिएको स्मार्ट ककपिट उपलब्ध गराउने अपेक्षा गरिएको छ । कारमा उपलब्ध हुने ‘ह्यान्ड–कार इन्टरकनेक्सन’ सिस्टमले प्रयोगकर्ताको स्मार्टफोन र गाडीको इन्फोटेनमेन्ट प्रणालीबीच एकदमै छिटो अन्तरक्रिया गर्न सक्षम बनाउँछ ।
चालक सहायताका लागि एमजी ४एक्सले होराइजन रोबोटिक्ससँग साझेदारीमा विकसित हार्डवेयर प्रयोग गर्ने जनाइएको छ ।उच्च गतिको नेभिगेट अन पाइलट र स्वचालित पार्किङ फंक्सन उपलब्ध हुने हुँदा यही सेग्मेन्टका अन्य एसयूभीको तुलनामा यसले उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।
सो नयाँ एसयूभीमा उपलब्ध हुने पावरट्रेनबारे एमजीले कुनै जानकारी बाहिर ल्याएको छैन । यद्यपि, यसमा जडान हुने लिक्वड सोलिड स्टेट ब्याट्रीले एकपटकको फुल चार्जमा ५१० किलोमिटर रेन्ज दिने र बीवाईडी एट्टो २ सँग कडा प्रतिस्पर्धा गर्ने दाबी गरिएको छ ।
काठमाडौं– एमजी जेडएस ईभीमा आगलागि घटानाले ठूलै रुप लिएपछि एमजी गाडीको...
काठमाडौं – एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले...
एमजी मोटर इण्डियाले अघिल्लो महिना हालसम्मकै सर्बाधिक युनिट कार उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...