९ लाख २५ हजार सम्मका जुमाभ ब्रान्डका डर्ट बाइक भित्रिदै नेपाल
काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड जुमाभका विभिन्न मोडलका बाइक...
काठमाडौं – सीएफमोटो समेत नेपालको लाइटवेट ड्युअल–स्पोर्ट मोटरसाइकल बजारमा प्रवेश गर्ने भएको छ । नेपालका लागि नयाँ सीएफमोटो २५० ड्युअल-ईएफआई आगामी बिहीबार लन्च गर्ने योजनाका साथ आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले अन्तिम तयारी गरेको छ ।
यो भन्दा पहिले नै देशका विभिन्न स्थानमा सो बाइक परीक्षण भइरहेको देखिएको थियो । वास्तविक अवस्थामा सो बाइकको राइड कन्डिसन कस्तो छ भनेर कम्पनीले यस प्रकारको परीक्षण गरेको अनुमान गर्न सकिन्छ ।
हाल नेपाली बजारमा सीएफमोटोका अन्य मोडल समेत उपलब्ध छन् । यद्यपि यो भन्दा पहिले उपलब्ध मोडलहरु स्ट्रिट बाइकमा केन्द्रित थिए । अब उपलब्ध हुने ड्युअल–स्पोर्ट मोटरसाइकल सीएफमोटो २५० ड्युअल-ईएफआई भने कम्युटरका साथै रफ टेरेनका लागि समेत उपयोगी हुनेछ ।
डिजाइनका आधारमा सीएफमोटो २५० ड्युअल-ईएफआईले अन्य ड्युअल–स्पोर्ट मोटरसाइकल जस्तै टल स्टान्स र अपराइट राइडिङ पोस्चरलाई मिलाएको छ । डिजाइनका हिसाबले मोटरसाइकलको अगाडिको भागमा एंगुलर फेसिया प्रयोग गरिएको छ, जससँग कम्प्याक्ट हेडलाइट एसेम्बली जोडिएको छ। यसका साथै अगाडि उठाइएको फेन्डर र लामो फोर्क गार्ड प्रयोग गरिएको छ, जुन सामान्यतया धुलोयुक्त वा असमान भू–भागमा चल्ने मोटरसाइकलमा प्रयोग गरिने विशेषता मानिन्छ।
मोटरसाइकलको बडीवर्क पनि तुलनात्मक रूपमा स्लिम र मिनिमल राखिएको छ, जसले अफरोड राइडिङका क्रममा चलाउन सहजता र राम्रो म्यानुभरबिलिटी प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, यसमा हाइ-माउन्टेड एक्जस्ट सिस्टम प्रयोग गरिएको छ, जसले पानी पार गर्दा वा कठिन ट्रेलहरू पार गर्दा अतिरिक्त ग्राउन्ड क्लियरेन्स उपलब्ध गराउँछ।
यो बाइकमा २४९ सीसीको लिक्विड–कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले करिब ८००० आरपीएममा २४ एचपी पावर र ७००० आरपीएममा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसको अगाडि युएसडी फ्रन्ट फोर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ, जसले करिब १६० एमएम सस्पेन्सन ट्राभल प्रदान गर्छ।
सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस, फुल एलईडी लाइटिङ सिस्टम तथा युरो फाइभ भन्दा माथि स्ट्यान्डर्ड उपलब्ध छ । यो बाइकको ग्राउन्ड क्लियरेन्स २४५ एमएम छ भने १३ लिटरको इन्धन ट्यांकी छ ।
यो मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ हाराहारी हुने अनुमान गर्न सकिन्छ । यद्यपि यसको औपचारिक जानकारी भने कम्पनीले लन्चिङ समारोहमा सार्वजनिक गर्ने नै छ ।
काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड जुमाभका विभिन्न मोडलका बाइक...
काठमाडौं–ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...
काठमाडौं – नेपालका लागि सीएफमोटोको अधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले भोलि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...