टाटा मोटर्सद्वारा २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सले सन् २०२६ मा तीन नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले हालै लन्च गरेको नयाँ पन्च ईभीपछि अब टियागो ईभीको फेसलिफ्ट संस्करण, प्रिमियम अभिन्या र सिएरा ईभी ल्याउने योजना बनाएको हो ।

कम्पनीको सबैभन्दा किफायती इलेक्ट्रिक कारका रूपमा चिनिएको टाटा टियागो ईभी नयाँ अवतारमा आउने तयारीमा छ। फेसलिफ्ट मोडल हालै परीक्षणका क्रममा देखिएको छ। नयाँ संस्करणको एक्टेरियर डिजाइनमा नयाँ एलईडी हेडलाइट, आकर्षक डे टाइम रनिङ लाइट, नयाँ बम्पर जस्ता परिवर्तन देखिन सक्नेछ । साथै, पहिलोपटक ३६० डिग्री क्यामेरा र सनरुफजस्ता सुविधा समावेश हुन सक्ने चर्चा छ।

यसको इन्टेरियरमा ठुलो टचस्क्रिन डिस्प्ले र नयाँ स्टेयरिङ ह्विल उपलब्ध गराइने अपेक्षा गरिएको छ। ब्याट्री क्षमतामा पनि सुधार भई करिब ३० किलोवाट आवरसम्मको ठुलो ब्याट्री प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच, टाटाको प्रिमियम सब-ब्रान्ड अभिन्या अन्तर्गत पहिलो कार पनि सन् २०२६ को अन्त्यसम्म लन्च हुने तयारीमा छ । कम्पनीका हालका मोडलभन्दा महँगो र फरक पहिचान बनाउने लक्ष्यसहित सो गाडी निर्माण भइरहेको छ। सो गाडी जागुआर ल्याण्ड रोभरको विशेष ईएमए प्लेटफर्ममा आधारित हुनेछ। स्पोर्टब्याक शैलीको डिजाइनका कारण यसको डिजाइन निकै आकर्षक हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, टाटा सिएरा ईभी पनि सन् २०२६ को अप्रिलदेखि जुन अवधिमा लन्च हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले यसअघि सिएराको पेट्रोल तथा डिजेल संस्करण ल्याइसकेको छ र अब त्यसको इलेक्ट्रिक संस्करण ल्याउने तयारीमा छ। सिएरा ईभीमा दुई वा तीनवटा ब्याट्री विकल्प उपलब्ध हुन सक्नेछ । यसले एकपटक फुल चार्ज गर्दा ४५० देखि ५०० किलोमिटरभन्दा बढी रेन्ज तय गर्न सक्ने अपेक्षा गरिएको छ। डिजाइनका हिसाबले यो पेट्रोल तथा डिजेल सिएरासँग मिल्दोजुल्दो भए पनि यसमा केही परिवर्तन गरिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च

भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च

भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले...

टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा मोटर्सले हालै इलेक्ट्रिक एसयूभी कर्भ लन्च गरेको छ, जसको मूल्य ७...

कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स

कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स

टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...