आज धनतेरस : सवारी साधन किन्ने अवसर
काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने...
काठमाडौं – नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी बाइक सार्वजनिक गरेको छ । नेपालका प्रिमियम मोटरसाइकल पारखीहरूबीच लोकप्रिय मानिने विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड सीएफमोटोले ‘बाइक एन्ड कफी २०२६’ कार्यक्रममा औपचारिक रूपमा सो बाइक सार्वजनिक गरेको हो । उक्त कार्यक्रम एकान्त कुनास्थित सुजुकी ड्राइभिङ सेन्टरमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा राइडर समुदाय, अटोमोबाइल मिडिया, मोटरसाइकल प्रेमी, इन्फ्लुएन्सर तथा ब्रान्ड समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मोडर्न क्लासिक सेगमेन्टमा नयाँ मानक सीएफमोटो ४५० सीएलसीले नेपालमा बढ्दो प्रिमियम मिड–वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम थपेको छ। क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजनसहित प्रस्तुत गरिएको यस मोटरसाइकलमा ४४९ सीसीको प्यारालल ट्विन, लिक्विड–कुल्ड इन्जिन रहेको छ । त्यसैगरी सन्तुलित तथा स्मुद पावर डेलिभरी, बलियो मिड–रेन्ज टर्क, आरामदायी क्रुजर एर्गोनोमिक्स, प्रिमियम फिनिश र उच्चस्तरीय निर्माण गुणस्तर तथा उन्नत ब्रेकिङ तथा सुरक्षा प्रणाली जस्ता विशेषता रहेका छन् ।
लो–स्लङ स्टान्स, मस्कुलर फ्युल ट्यांक र मिनिमलिस्ट डिजाइनले ४५० सीएलसीलाई स्टाइल र प्रदर्शन दुवैमा विशेष बनाएको छ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा दीर्घकालीन लगानी र विस्तार रणनीतिबारे जानकारी दिएका थिए। ४५० सीएलसीको आगमनसँगै सीएफमोटोले आफ्नो उत्पादन दायरा अझ फराकिलो बनाउँदै नेपाली बजारमा विश्वस्तरीय विकल्प उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याएको छ।
यो मोडल विशेषगरी स्टाइलिस तर शक्तिशाली क्रुजर खोजिरहेका युवा र अनुभवी राइडरहरूलाई लक्षित गरिएको कम्पनीको भनाइ छ। यसको मूल्य ११ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सीएफमोटो ४५० सीएलसी हाल देशभरका आधिकारिक सीएफमोटो शोरूमहरूमा बुकिङका लागि उपलब्ध छ। विस्तृत स्पेसिफिकेशन, मूल्य तथा डेलिभरीसम्बन्धी जानकारीका लागि नजिकैको शोरूममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने...
इटहरी – ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो...
काठमाडौं – नेपाल भित्रिएको औपचारिक रुपमा घोषणा गरिएको केही समय पछि नै एकै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...