के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस) मोडलले नयाँ बहस सिर्जना गरेको छ। यस मोडलअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा यसमा प्रयोग हुने ब्याट्री कम्पनीकै स्वामित्वमा रहने व्यवस्था छ । जसको कारण गाडीको मूल्य उल्लेखनीय रूपमा घट्छ तर ग्राहकले ब्याट्री प्रयोगबापत प्रति किलोमिटरका आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था हुन्छ।

रिपोर्टका अनुसार यसले गाडीको लागत करिब ४ देखि ५ लाख भारुसम्म घटाउन सक्छ र ब्याट्री बिग्रिने, प्रतिस्थापन गर्ने वा वारेन्टीसम्बन्धी चिन्ता कम्पनीकै जिम्मेवारी हुन्छ ।

यस अवधारणालाई व्यवहारमा उतार्दै एमजी मोटर्सले एमजी विन्डसर ईभीको मूल्य १० देखि १५ लाख भारुबीच रहेको भए पनि बास मोडल अन्तर्गत करिब ९ लाख भारुमा उपलब्ध गराएको छ । तर, ग्राहकले ब्याट्री प्रयोगबापत प्रति किलोमिटर करिब ९ रुपैयाँ ५० पैसा भारु तिर्नुपर्छ । त्यस्तै एमजी कमेट ईभी करिब ५ लाख भारु मूल्यमा उपलब्ध छ र ब्याट्री शुल्क प्रति किलोमिटर करिब ३ रुपैयाँ भारुबाट सुरु हुन्छ ।

टाटाले पनि मध्यम वर्गलाई लक्षित गर्दै पन्च ईभीको नयाँ संस्करण पेश गरेको छ। सामान्यतया करिब १० लाख भारु मूल्य पर्ने सो गाडी अब करिब ६ लाख ५० हजार भारुभन्दा कम लागतमा उपलब्ध गराइएको छ। ग्राहकले गाडीको मासिक किस्ता तिर्नुका साथै ब्याट्री प्रयोगबापत प्रति किलोमिटर करिब २ रुपैयाँ ५० पैसा भारु तिर्नु पर्ने व्यवस्था गरिएको छ।

यसैबीच मारुती सुजुकी पनि बास मोडलमा प्रवेश गरेको छ। रिपोर्टका अनुसार भारतमा इलेक्ट्रिक गाडीको मूल्य उच्च भएकाले बास मोडलले सो समस्यालाई केही हदसम्म कम गर्न सहयोग पुर्‍याएको छ। गाडी रिसेलका बेला ब्याट्रीको क्षमतासम्बन्धी चिन्ता कम हुनु, सुरुवाती ठुलो लगानी घट्नु र पेट्रोल सवारीसँग लागतको प्रतिस्पर्धा गर्न सक्नु यसका मुख्य फाइदा मानिन्छ ।

तर यसका केही चुनौती पनि छन्। मासिक २ हजारदेखि ३ हजार किलोमिटरभन्दा बढी सवारी चलाउने प्रयोगकर्ताका लागि प्रति किलोमिटरको शुल्क दीर्घकालमा महँगो पर्न सक्छ। साथै चार्जिङ पूर्वाधारको अभाव अझै पनि ठुलो चुनौतीकै रूपमा रहेको छ।

सम्बन्धित समाचारहरू

सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा, मूल्य १ लाख ८९ हजार

सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा, मूल्य १ लाख ८९ हजार

काठमाडौं – सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ ।...

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

काठमाडौं– चिनियाँ कम्पनी ओराको इलेक्ट्रिक कार गुड क्याट नेपाली बजारमा...

५० वर्षसम्म चलाउन सकिने सिट्रोन ओली इलेक्ट्रिक कार

५० वर्षसम्म चलाउन सकिने सिट्रोन ओली इलेक्ट्रिक कार

फ्रान्सेली अटो कम्पनी सिट्रोनले ओली इलेक्ट्रिक भेरिएन्ट लन्च गर्नका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...