३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...
चीनले इलेक्ट्रिक सवारी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । रिपोर्टका अनुसार चिनियाँ कम्पनीले विश्वकै सबैभन्दा छिटो चार्ज हुने ब्याट्री विकास गरेको दाबी गरेको छ, जसले भविष्यमा इलेक्ट्रिक कार प्रयोगलाई अझ सहज बनाउनेछ ।
रिपोर्टका अनुसार चीनको प्रमुख ब्याट्री निर्माता कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड अर्थात सीएटीएलले नयाँ प्रविधियुक्त ब्याट्री पेश गरेको हो । कम्पनीले विकास गरेको उक्त ब्याट्री सामान्य इलेक्ट्रिक सवारीमा प्रयोग हुने ब्याट्रीभन्दा धेरै छिटो चार्ज हुने बताइएको छ।
कम्पनीका अनुसार सो ब्याट्री केवल १२ मिनेटमै पूर्ण रूपमा चार्ज गर्न सकिन्छ। यदि यो दाबी व्यवहारिक रूपमा सफल भएमा लामो यात्राका क्रममा चार्जिङका लागि कुर्नुपर्ने समय उल्लेखनीय रूपमा घट्नेछ। यसले इलेक्ट्रिक सवारीलाई परम्परागत इन्धनचालित गाडीसरह सुविधाजनक बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
रिपोर्टका अनुसार करिब १५ लाख माइलसम्म गाडी सञ्चालन गर्दा पनि ब्याट्रीमा क्षति नपुग्ने बताइएको छ। यति लामो दूरी पार गरेपछि पनि यसको कार्यक्षमता करिब ८० प्रतिशतसम्म कायम रहने जनाइएको छ। यस्तो क्षमता हासिल गर्न ब्याट्रीमा स्मार्ट कुलिङ र सेल्फ रिपेयर प्रविधि समावेश गरिएको बताइएको छ।
हालसम्म उक्त ब्याट्री कहिलेदेखि व्यावसायिक रूपमा गाडीमा जडान गरिनेछ भन्ने विषयमा स्पष्ट जानकारी दिइएको छैन। तर आगामी केही वर्षभित्रै सो ब्याट्री इलेक्ट्रिक सवारीमा उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ।
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...
काठमाडौं – नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।...
काठमाडौं – नेपाली बजारमा भित्रिने कामा ईभी पिकअपको मूल्य २५ लाख ९० हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...