बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?
सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...
२०२६ को सुरुवातमा, विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सवारीसाधनको बिक्री निरन्तर घट्दा परम्परागत युरोपेली प्रिमियम ब्रान्डहरूले सामूहिक रूपमा मूल्य निर्धारण रणनीतिलाई समायोजन गरेका छन् । यसले चीनको लक्जरी कार बजार एक महत्वपूर्ण परिवर्तन बिन्दुमा पुगेको संकेत गर्दछ ।
२०२५ को बिक्री तथ्यांक अनुसार जर्मनी लक्जरी ब्रान्ड बिएमडब्लु, मर्सिडिज बेन्ज र औडीले गत वर्षको तुलनामा बजार गुमाउनु परेको छ । बिएमडब्लुको चीन डेलिभरी लगभग १२.५ प्रतिशतले घट्दा मर्सिडिज बेन्जको १९ प्रतिशत र औडीको ५ प्रतिशतले घटेको जनाइएको छ ।
चिनियाँ मिडियाले प्रकाशिन गरेको रिपोर्टअुनसार यी तीन ब्रान्डले २०२५ मा चीनमा जम्मा २ लाख ६० हजार कार बिक्री गरेका छन् । जसले लक्जरी सेग्मेन्टमा व्यापक संकुचन आएको प्रष्ट पार्दछ ।
चीनको घरेलु प्रिमियम ईभीको माग बढेका कारण पछिल्लो समय युरोपेली लगायत अन्य देशका प्रिमियम र लक्जरी ब्रान्डले क्रमिक रुपमा बजार हिस्सा गुमाउँदै जानुपरेको छ । फलस्वरुप बिएमडब्लु चीनले जनवरी १, २०२६ देखि लागू हुने गरी ३० भन्दा बढी मोडेलहरूको लागि सिफारिस गरिएको खुद्रा मूल्यमा संशोधन गर्नुपरेको छ ।
बिएमडब्लुले आफ्ना अधिकांश कारमा १० प्रतिशतभन्दा बढि मूल्य कटौती गरेको छ । त्यसैगरी, मर्सिडीज–बेन्जले फेब्रुअरी २०२६ को सुरुमा सी–क्लास र जिएलसी लगायत मुख्य मोडलमा १० हजार डलरसम्म मूल्य घटाएको छ ।
सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...
विएमडव्ल्यूको इन्ट्रि लेवल न्याकेड वाइक जि ३१० आर र जि ३१० जिएस ५० हजार...
काठमाडौं–बिएमडब्लु मोटोरार्डले इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...