‘एक रुपैयाँ, एक स्कुटर !’ दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छिन् ललितपुर हरिसिद्धी निवासी आश्मा दाहाल ।

दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११को ‘१ रुपैयाँ डिल’ अन्तर्गत आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै दराज ११.११ “द बिगेस्ट सेल अफ दि इयर” को ग्राण्ड प्राइज विजेता बन्न सफल भएकी छन् ।

दराज ११.११ अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । यस अभियान अवधिभर ग्राहकहरूको अत्यधिक सहभागिता पश्चात यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो । अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १० हजार रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट भएकी थिइन् ।

ग्रान्ड प्राइजः एथर रिज्टा ईलेक्ट्रिक स्कुटर

दराज ११.११ को ग्रान्ड प्राइजका रूपमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई विशेष ध्यानमा राखेर डिजाइन गरिएको एथर इनर्जीको परिवारमैत्री स्कुटर हो । फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण एथर रिज्टा दिगो र व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकका रूपमा परिचित छ । यसले गर्दा दराजको ११.११ अभियानको ग्रान्ड प्राइजका रुपमा एथर रिज्टाले अभियानलाई अझ विशेष बनाएको छ ।

१ रुपैयाँ डिल ग्रान्ड प्राइजसँगै, दराज नेपालले ११.११ अवधिमा सञ्चालन गरिएका अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ । राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित एक जनाका लागि थाइल्याण्ड यात्रा जितेका छन् ।

काठमाण्डौको कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित एक जोडीका लागि होटल कन्ट्री भिल्लामा बसाइ जितेकी छिन् । त्यसैगरी, कुलेश्वर काठमाडौँकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र तथा कोटेश्वर काठमाडौँका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित एक–एक जोडीका लागि यती रुपाकोटको बसाइ जितेका छन् ।

यस अवसरमा दराज नेपालका प्रवक्ताले, ११.११ अभियानले पुनः एकपटक ग्राहकहरूका लागि केवल छुट मात्र नभई अर्थपूर्ण मूल्य र सम्झनलायक अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धता प्रमाणित गरेको बताए । उनले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ रोमाञ्चक तथा नविन अभियानहरू ल्याइने जानकारी समेत दिए ।

सम्बन्धित समाचारहरू

एथरको शोरुम अब बिर्तामोडमा पनि

एथरको शोरुम अब बिर्तामोडमा पनि

काठमाडौं–एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।...

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...

एथर स्कुटरमा अब ८ वर्ष अर्थात ८० हजार किलोमिटर वारेन्टि

एथर स्कुटरमा अब ८ वर्ष अर्थात ८० हजार किलोमिटर वारेन्टि

विद्युतिय स्कुटर निर्माता एथरले अब आफ्नो ब्याट्री प्याकहरूमा ८ वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...