होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा
काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...
आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर, के तपाईंलाई थाहा छ ? तपाईंको हत्केलामा अटाएको त्यही सानो उपकरण सडकमा गुडिरहेको बेला 'साक्षात काल' बनेर उभिन सक्छ । सवारी चलाउँदा मोबाइल प्रयोग गर्नु केवल ट्राफिक नियमको उल्लंघन मात्र होइन, यो त आफू र अरूको अमूल्य जीवनमाथि गरिने एउटा भयानक खेलवाड र गम्भीर कानुनी अपराध पनि हो ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, सवारी चलाउँदै मोबाइल प्रयोग गर्ने चालकहरूमा दुर्घटनाको जोखिम ४ गुणा बढी रहन्छ । प्रविधिको नशा र सडकको गतिबीच सन्तुलन नमिल्दा पछिल्लो समय यो प्रवृत्ति सडक दुर्घटनाको प्रमुख कारक बन्दै गएको छ । याद राख्नुस्, तपाईंको एक क्षणको असावधानीले वर्षौँको खुसीलाई एकै पलमा सडकमा विलीन गराइदिन सक्छ ।
त्यसैले, सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न र आफ्नो यात्रालाई सुरक्षित एवं सुनिश्चित बनाउन निम्न जीवनोपयोगी सुरक्षा उपायहरू अपनाउनु अनिवार्य छ :-
सडक सुरक्षा कुनै सरकारी अभियान मात्र होइन, यो व्यक्तिगत सभ्यता र जिम्मेवारीको परिचय पनि हो । मोबाइल फोन मानिसको सुविधाका लागि बनाइएको हो, यसलाई मृत्युको पासो नबनाऔँ । ट्राफिक नियमको पालना जरिवानाबाट बच्नका लागि होइन, आफ्नो अमूल्य जीवन बचाउनका लागि गरौँ ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।
– प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...
यातायात अवरुद्ध हुँदा सर्वसाधारण अलपत्र पर्छन्, दुर्घटनामा ज्यान जाने वा...
गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...